विचार




सप्तरी,कञ्चनपुरको संकेत


प्रह्लाद लामिछाने:
एमालेको मेची-महाकाली अभियानको क्रममा सप्तरीमा भएको दुःखद घटना र कञ्चनपुरको सिमानामा भारतीय सीमा सुरक्षा बलको गोली लागेर नेपाली युवक गोविन्द गौतमको मृत्यु भएको खबरले देश नै शोक र आक्रोशमा डुबेको छ ।

लगत्तै जाजरकोटमा २६ जनाको ज्यान जानेगरी भएको गाडी दुर्घटनाले नेपाली मन दिनहुँजसो विक्षिप्त बनिरहेको छ । यस्तो बेला आएको होली पर्वले पनि जनतामा खासै खुशी र उमंग ल्याउन सकेन । देशमा राजनीतिले थोपरिदिएको असिमित समस्या र प्रकृतिले दिने पिडाले नेपाली जनता चाडवाडमा समेत खुलेर रमाउन सकेका छैनन् ।

गत साता एमाले अभियानको क्रममा सप्तरीमा ५ जना गोली लागेर हत्या भएको घट्ना जति दुखद, अप्रिय र भत्र्सनायोग्य छ, यसले संकेत गरेको भोलिको भविष्य झन् डरलाग्दो र पिडादायी देखेर झस्कनुपर्ने अवस्था छ । एमाले अभियान बिथोल्न खोज्ने मधेसी मोर्चाको निषेधकारी राजनीतिको विरोध र भत्र्सना गरिरहँदा वा आइलाग्नेमाथि जाइलाग्नु त एक हदसम्म जायज र स्वभाविक मानिरहँदा गोली लागेर मर्ने युवकको टाउको फुटेर गिदी छरिएको शव आँखामा झल्झली आउँछ, जसको राजनीतिसँग कुनै साइनो नै छैन । न ऊ मोर्चाको कार्यकर्ता न उ एमाले कार्यकर्ता हो । उसलाई मोर्चाको निधेषकारी राजनीतिको मतलब छैन, एमालेको मेची–महाकाली यात्राको पनि मतलब छैन । यस्ता राजनीतिमा कुनै चासो र संलग्नता नै नभएका मान्छे अनेकथरी राजनीतिको नाममा मारिन्छन् भने को नेपालीले स्वभाविक परिणति मानेर चुप लाग्न सक्छ ?
कञ्चनपुरको सिमानामा नेपाली युवक गोविन्द गौतमको हत्या भारतीय सुरक्षा बलबाट हुन झन् संवेदनशील घटना हो । एउटा सार्वभौम र स्वतन्त्र मुलुकको नागरिक विदेशीको गोली लागेर मर्नु सामान्य घटना भने होइन । सिमानामा भारतीय पक्षको मिचाहा प्रवृत्ति र दादागिरी लामो समयदेखि जारी छ । यस्तो समस्या सिमानामा बस्ने नेपालीले दिनदिनै अनुभुति गरिरहेका छन् ।

काठमाडौँमा बसेर राष्ट्रवादी भैटोपल्न बक्तव्यवाजी गर्नु जति सजिलो छैन, सिमानामा बसेर देशभक्तिपूर्ण जीवन बाँच्न । भारतीय पक्षको निरन्तर हस्तक्षेप र दादागिरीको उत्कर्ष हो, गोविन्द गौतमको हत्या । यो विषयलाई नेपाल सरकारले जति गम्भीरताका साथ उठाउनु पर्‍थ्यो, त्यो भएको छैन । एउटा व्यक्ति मारिएको घटना मात्रै होइन यो । त्यो गोली गोविन्द गौतमलाई हानेको होइन नेपाललाई हानेको हो । त्यसकारण सारा नेपाली भारतीय पक्षको त्यो गोलीबाट मर्माहत बनेका छन् । नागरिक तहमा त्यति ठूलो विरोध र आक्रोश हुँदा समेत नेपाल सरकार गम्भीर नदेखिनु लाजमर्दो कुरा हो । भारतीय पक्षको बयानबाजी पत्याएर चुपलाग्ने होइन तत्काल माफी माग्न लगाउने र भविष्यमा कहिल्यै यस्तो नगर्ने प्रतिबद्धता आउनुपर्छ । नेपाल–भारत सिमानामा प्रायःसबैतिर सिमा विवाद छ । यसको स्थायी एवम् दिर्घकालिन र समाधानका लागि सरकारले छिटोभन्दा छिटो कुटनीतिक पहल थाल्नुपर्दछ । हामी आफ्नै देशभित्र कसैको निरंकुशता स्विकार्न नसकेर रैतीबाट नागरिक बनेका छौँ भने पराई देशको थिचोमिचो र हस्तक्षप कसरी सहन सक्छौँ ?

कञ्चनपुरको घटना हाम्रो राष्ट्रियता कमजोर हुनुको परिणाम हो भने सप्तरी घटना हाम्रो आन्तरिक राष्ट्रियता कमजोर हुनुको परिणाम हो । दुवै घटनाले हामी कमजोर छौँ भन्ने पुष्टि गर्दछ । आफ्नो देशको नागरिक सुरक्षाकर्मीबाट मारिँदा हामी केही गर्न सक्दैनौ, केही भन्न पनि सक्दैनौ । आफ्नो देशको भूभाग अर्को देशले मिच्दा हामी केही गर्न सक्दैनौँ केही बोल्न सक्दैनौ । सत्ता बाहिर रहँदा चर्को कुरा गर्नेपनि सत्तामा पुगेपछि लुरुक्क पर्ने परम्परा छ । नागरिक तहमा जति आक्रोश र पिडा छ सरकारलाई छैन । दलहरुका कुरा त सिर्फ सत्ता नपाउन्जेल सम्मका लागि हुन् । हिजो भारतसँग सुरुङ युद्ध गर्ने माओवादी आज कस्तो भयो ? कोशी सम्झौता गर्ने काँग्रेस र महाकालीमा सही धस्काउने एमालेका के कुरा भयो र ? बेलाबेलामा राष्ट्रवादी हुन सबै दलहरुले जानेका छन् नेपालमा । सधैँभरी राष्ट्रवादी हुने त नागरिक मात्र हुन्, जसको दलगत सत्ता स्वार्थ हुँदैन । केहीदिन अघिसम्म केपी शर्मा ओलीसँगसँगै यो सरकारको विरोध गर्दा कमल थापा राष्ट्रवादी लाग्थ्यो, अब त्यही सरकारमा सामेल भएपछि त्यस्तो लाग्दैन । यो मौसमी र ढोँगी राष्ट्रवादले हामी नागरिकहरुलाई पनि बेलाबेलामा कन्फ्युज्ड गराइदिन्छ ।

कञ्चनपुरको घटना जति संवेदनशिल खतरनाक छ, सप्तरीको घटना पनि कम छैन । सप्तरी घटना धेरै अनपेक्षित थिएन । एमालेले अभियान गरेरै छाड्ने , मोर्चाले पनि अवरोध गरेरै छाड्ने निषेधकारी अहंकार पहिले नै व्यक्त भएको थियो । दुवैथरी हठको चेपुवामा परेर ५ जना निर्दोष नागरिकले ज्यान गुमाउन बाध्य भए । मोर्चा र एमालेको हठ राजनीतिक थियो तर मर्नेहरु अराजनीतिक परे । धेरै लडाइँमा अक्सर यस्तो हुने गर्दछ । प्रत्यक्ष सरोकार नराख्नेहरुकै ज्यादा ज्यान जाने गरेको छ । त्यसकारण जिम्मेवार राजनीतिक दल वा सरकारले जनताको ज्यान नजाने उपायको खोजी गर्छन् । तर, हाम्रो देशमा त्यस्तो अपेक्षा राख्नु नै मुर्खता प्रदर्शन गर्नु जस्तो भएको छ ।

संविधान निर्माणमा आफ्नो अपनत्व नभेट्टाएका मधेस केन्द्रीत दलहरुले संविधान संशोधनमार्फत आफ्नो स्वामित्व प्राप्त गर्न खोज्नु अन्यथा थिएन । मोर्चाका सबै माग जायज छैनन् । संसदमा आफ्नो दुईतिहाई मत नभएपछि नचाहिने जिद्दी गर्नु मोर्चाको अनावश्यक हठ नै हुन्थ्यो । तर मधेसलाई सदाको लागि टाठा जान नदिन राजनीतिक दलहरुले केही छोडेर केही लिने गरी सहमतिमा संशोधन हुन सक्दथ्यो । संविधान संशोधन आफैँमा गैर संवैधानिक र राष्ट्रघात होइन । आवश्यक संशोधन गर्न संविधानले नै प्रष्ट छुट दिएको छ । तर नेकपा(एमाले) ले संविधान संशोधनको कुरा नै प्रवेश गर्न नदिएर संसदमा हठ प्रदर्शन गरिरहे । मधेसमा अभियान चल्न नदिएर मोर्चाले जसरी लोकतन्त्रको खिल्ली उडायो, एमालेले पनि संशोधन विधेयक संसदमा छलफल गर्न नदिएर त्यस्तै गर्यो । मधेसप्रति एमाले यति धेरै अनुदार हुनु आवश्यक थिएन । एउटा जिम्मेवार प्रमुख प्रतिपक्ष प्रतिरक्षारत सरकार पनि हो । सबै दलहरुलाई विश्वासमा लिएर अघि बढ्नु उसको पनि कर्तव्य पनि हो । आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबैको सहयोग अपेक्षित छ । निर्वाचनमा एउटा क्षेत्र वा समुदाय नै छुट्नु देशको शान्तिपूर्ण भविष्यको लागि शुभ संकेत हुँदैन । सिके राउत जस्ता अतिवादीहरुले सहानुभुति बटुलिरहेको वर्तमान परिवेशमा मधेसी जनतालाई आफुतर्फ आश्वस्त तुल्याउन सबै दलको साझा कर्तव्य हो । त्यसको लागि मधेस र मधेसी जनतालाई एकोहोरो गाली र नकारात्मक टिप्पणी गरेर मात्रै हुँदैन । भोलि बिस्तारै मधेस कश्मिर बन्न जाने खतरातर्फ विज्ञहरु सचेत गराउन थालिसकेका छन् । आफु जित्ने तर देश हार्ने चुनाव होइन । आफु र देश सँगसगैँ जित्ने चुनावको तयारी गरौँ ।




Related Pictures:













Related News:

खाद्यान्नमा अस्वभाविक मूल्यवृद्धि, रन्थनिए उपभोक्ता - 2018-06-11

ठेकदारलाई गृहमन्त्रीको चेतावनी : जो कसैको घरधनी होस्, कारबाही गर्छौं - 2018-06-07

रेशम चौधरीलाई रिहा गर्न सरकारलाई राजपाको दबाव - 2018-06-07

नेकपाको प्रदेशसभा सांसदलाई ‘माननीय’कै झापड - 2018-06-06

प्रधानमन्त्री ओली चीन जाँदा ऊर्जा समन्वय र अन्तरदेशीय प्रसारणलाइन सम्झौता - 2018-06-05





राष्ट्रपतिलाई साक्षी राखेर एकता - 2018-05-18

महेन्द्र सापकोटा: केही दिनअघिसम्म तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयं भन्दै थिए, पार्टी एकता त्यति सजिलो छैन । पटकपटक केपी शर्मा ओलीसँग वार्ता गर्दा पनि उनको शंका निवारण भएको थिएन ।

नेकपा बन्यो एशियाको तेस्रो ठूलो कम्युनिष्ट पार्टी ! - 2018-05-17

देशका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको छ । २०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि सुरु भएको कम्युनिष्ट घटकको टुटफुट श्रृङ्खला मदन आश्रति स्मृति दिवसका अवसरमा टुंगिएको छ ।

सिन्धुली उद्योग वाणिंज्य संघको निर्वाचनः यस कारण जित्नुपर्छ बामपन्थी समूहले - 2018-05-17

प्रवेशकुमार: भोली हुने सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचनमा बामपन्थी प्यानलले जित्नुपर्ने सरोकारवालाहरुले टिप्पणी गर्न थालेका छन् । सिन्धुलीको सम्पूर्ण स्थानीय तह, केन्द्र तथा प्रदेश निर्वाचनमा पनि वामपन्थीकै वर्चश्व रहेकाले पनि सिन्धुली उद्योग वाणिंज्य संघको निर्वाचनमा अन्य पक्षले जित्न नहुने व्यवसायीहरुनै बताउन थालेका छन् ।

सरकारमा कम्युनिष्ट, सत्तामा दलाल पुँजीपति ! - 2018-05-01

नेकपा एमाले र माओवादी केन्द्र अहिले सरकारमा छन् । सिंहदरबारमा मात्रै होइन, प्रदेशमा पनि उनीहरुकै हालीमुहाली छ । राष्ट्रपति र उपराष्ट्रपतिमा पनि एमाले र माओवादीकै नेतृत्व छ ।

महरालाई कांग्रेसको समर्थन किन ? - 2018-03-10

प्रेम कुमार : प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सभामुखमा सत्तारुढ दलका उम्मेदवार कृष्णबहादुर महरालाई समर्थन गरेको छ ।

फागुको रंग, होलीको भंग - 2018-02-27

तीर्थबहादुर श्रेष्ठ:फागु वा होली भन्ने बित्तिकै रंग र भंग अनि प्रेम र प्रणयका सन्दर्भ जोडिन्छन्। लगभग ६० वर्षअघिको काठमाडौंमा हामी होली हैन, फागु खेल्थ्यौं। पुस–माघको मीनपचास विदाभर टोलका सबै साथीसँग खेलेको गुच्चा, पैयुँ र पांग्रा एक कुनामा थन्क्याएर स्कुल जानुपर्थ्यो।

ग्रीसको बाटोमा लम्किँदै नेपाल - 2018-01-25

विज्ञान अधिकारी:२०५१ साल मनमोहन अधिकारीको सरकारले वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भत्ता दिने प्रणाली सुरु गर्यो। सामाजिक सुरक्षा भत्ताको यो अवधारणाले एमालेलार्इ सबैभन्दा ठूलो राजनीतिक लाभ भयो र भबिष्यमा पनि भइरहने देखिन्छ।

सरकार, मलाई पनि जेल हाल - 2018-01-09

मिलन पाण्डे:सन् १८४६ मा हेनरी डेविड थोरोले भनेका थिए, ‘यदि सरकारले गलत गरिरहेको छ भने एउटा सच्चा नागरिकको लागि सबैभन्दा उपयुक्त स्थान जेल हो।’

विचार: बाम गठबन्धनले निर्वाचनमा पहिलो परिणाम ल्याउने - 2017-12-08

कांग्रेससँग यसपालि ‘मेसेज’ र ‘मेसेन्जर’ दुबैको समस्याचुनाव सकिएको छ। पहिलो चरणमा मतदान भएका ३७ क्षेत्रको प्रारम्भिक परिणाम केहीबेरमा आउन थाल्नेछ। आज साँझसम्ममा मतपरिणामको ‘ट्रेन्ड’ लगभग थाहा भइसक्नेछ।चुनावमा कुन पार्टीले जित्छ ? कुन-कुन दल राष्ट्रिय पार्टी बन्छन्रु भन्ने कौतुहलता अहिलेदेखि नै सुरु भएको छ। अहिलेसम्मको मत गणतना र परिणामलाई हेर्ने हो भने बाम गठबन्धनले निर्वाचनमा पहिलो परिणाम ल्याउने निश्चित प्राय छ ।

राष्ट्रपतिको अनावश्यक भ्रमण - 2017-11-13

प्रेम दाहाल: राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो कार्यकालको लगभग अन्तिम घडीमा सोमबार विदेश भ्रमणमा जाँदैछिन् । कार्यकाल सकिन केही महिनामात्र बाँकी रहेका बेला हुन लागेको यो भ्रमणलाई राष्ट्रपतिको विदेश घुम्ने मोहको रुपमा टिप्पणी हुन थालेको छ ।

१५ मित्रको आरोपपत्रः कति भ्रम, कति सत्य ? - 2017-08-17

डम्बर खतिवडानयाँ शक्ति पार्टी, नेपालमा यतिखेर रोचक अन्तर्संघर्ष चर्किएको छ । हुनतः नेपाली राजनीतिको कुल क्षेत्रफलमा यो बहसले कत्रो हिस्सा ओगट्ला भन्ने प्रश्न उठ्छ नै ।

मुलुक नयाँ चरणमा प्रवेश गरोस् - 2017-04-14

नयाँ वर्ष २०७४ सुरु भएको छ । केही कष्टकर, केही आशा र केही आशंकाको बादलकाबीच बितेको २०७३ सालको सबभन्दा ठूलो उपलब्धी भनेको स्थानीय तहको निर्वाचन घोषणा हो ।

आसन्न स्थानीय निर्वाचन र भू-राजनीतिको खतरनाक प्रयोग - 2017-03-22

प्रेम दाहाल: संविधान निर्माणमा ‘ब्रेक–थ्रु’ मानिएको मुख्य राजनीतिक दलहरूबीचको १६ बुँदे सहमति, संविधानप्रतिको स्वामित्व आन्तरिक शक्तिहरूमै राख्ने दलहरूको अठोट

फेरि हतियार उठाउने अवस्था आउन दिन हुन्न: बाबुराम भट्टराई - 2017-03-15

नयाँ शक्तिको विचार केवल नयाँ पार्टी वा नयाँराजनीतिमात्रै नभएर सिंगै समाजलाई लोकतान्त्रीकरण गर्ने स्वाभाविक प्रक्रियाका साथै बुलेटबाट व्यालेटमा रुपान्तरण गर्ने एक महान अभियान पनि हो ।नयाँदिल्ली: नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले फेरि हतियार उठाउने अवस्था आउन दिन नहुने बताएका छन् । नयाँ दिल्लीमा जारी काउन्टर टेरोरिज्म सम्बन्धी सम्मलेनमा ‘बुलेट टु ब्यालेट’ विषयमा आफ्नो प्रस्तुती राखेका भट्टराईले भने- मैले बुलेटमा देखिएको किनारालाई पछाडि छोड्ने साहस बटुल्दै विश्व समाजलाई ब्यालेटको माध्यमवाट प्रगतिशील विश्वमा परिणत गर्ने महासागर तर्ने प्रयत्न गरिराखेको छु ।’

सप्तरी,कञ्चनपुरको संकेत - 2017-03-15

प्रह्लाद लामिछाने:एमालेको मेची-महाकाली अभियानको क्रममा सप्तरीमा भएको दुःखद घटना र कञ्चनपुरको सिमानामा भारतीय सीमा सुरक्षा बलको गोली लागेर नेपाली युवक गोविन्द गौतमको मृत्यु भएको खबरले देश नै शोक र आक्रोशमा डुबेको छ ।

चुनावी चक्रव्यूहमा प्रचण्ड - 2017-02-13

प्रह्लाद लामिछाने:मिति घोषणा गर्नु नै सबैथोक होइन तथापी, अहिले चुनावको मिति घोषणा भयो मात्रै भनेपनि चुनावै भए सरह लाग्न थालेको छ ।

जनता रुवाउने प्रस्ताव किन ल्यायो सरकारले ? - 2017-02-09

रामेश्वर खनाल:आर्थिक वर्ष २०६४/६५ अघि भारतमा ढुंगागिट्टीको जति माग थियो, त्यो भारतीय स्रोतबाटै परिपूर्ति हुन्थ्यो। त्यसबेला उत्तरप्रदेश र बिहारमा अहिलेजस्तो व्यापक विकास–निर्माणका काम भएका थिएनन्। यी दुई राज्यमा निर्माणका लागि चाहिने ढुंगागिट्टी झारखण्ड र उत्तराखण्डबाट आपूर्ति हुन्थ्यो।

हामी किन गरिब भयौं ? - 2017-01-20

डा. बाबुराम भट्टराई:गरीब र धनी भन्ने कुरालाई पनि सापेक्षतामै हेर्नुपर्छ । मानव जातिको उत्पत्तिदेखिको कुरा गर्ने हो भने नेपाल नाम गरेको जुन भूखण्डमा हामी बस्छौं, हामी सबै करीब ७० हजारदेखि एकलाख वर्ष पहिले अफ्रिकाबाट फैलिँदै गएको होमोस्यापियन्स जातिको नरवानरको सन्तान हौं ।

संविधान संशोधनमा अल्झेको राजनीति - 2016-12-27

भीष्मराज ओझा:संविधानको स्वीकार्यता बढाउन सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गरेसँगै प्रमुख राजनीतिक दलहरुबीच ध्रुवीकरण बढ्दै गएको छ ।

केसीविरुद्धको प्रपञ्च: व्यावसायिकता मार्ने षडयन्त्र - 2016-11-30

चैतन्य मिश्र:डा. गोविन्द केसी सदाचार, मानवीयता र व्यावसायिक निष्ठाका प्रतिमूर्ति हुनुहुन्छ। लोभ–लालचले उहाँको जीवनलाई कहिल्यै छुन सकेन। गाउँ-सहर, देश-विदेश, भूकम्प-बाढी सबै ठाउँ र अवस्थामा रहेका बिरामीको सेवामा उहाँ जीवनभर तल्लीन रहनुभयो।

म्यादी वकिलको चंगुलमा न्यायपालिका - 2016-11-21

पूर्ण कार्की:अहिले सर्वोच्च अदालतका न्यायाधिश गोपाल पराजुलीको संयोजकत्वमा न्यायाधिश चोलेन्द्रशमशेर राणासहित पाँचजनाको उपसमिति गठन गरेर अधिवक्ताहरु मध्येबाट बरिष्ठ अधिवक्ताको उपाधि दिने व्यक्तिहरुको नाम सिफारिसका लागि छनौट गर्ने काम भइरहेको छ ।








Powered by: Exclusively Solution