वैदेशिक रोजगार




मान्छे बेच्ने शर्मिलाको नाम सदर !


काठमाडौ,(प्रस):
‘म्यानपावरवाली’ भन्दै चर्को आलोचना भएपछि राजदूतको सूचीबाट आशा लामा र शर्मिला पराजुलीको नाम काटेर परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत जेनेभातिर उडे । तर, उनी स्वदेश नफर्किँदै शर्मिलाको नाम फेरि राजदूतमा सिफारिस भएको छ । र, अब उनी राजदूत बन्दैछिन् ।

सरकारले फागुन ९ गते दोस्रो मन्त्रिपरिषद् बैठकबाट १४ राजदूतको नाम सिफारिस गरेको थियो । त्यसमा दुई विवादित नामसमेत समावेश थिए ।

आशा लामा यूएई र शर्मिला पराजुली ओमानका लागि नेपाली राजदूत सिफारिस भइन् । दुबै म्यानपावर व्यवसायी भएका र उनीहरुको कम्पनीले ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा दर्जनौं उजुरी विचाराधीन छन् ।

दुबैको नाममा चर्को आलोचना भएपछि परराष्ट्रमन्त्रीले गत शनिबार आशा र शर्मिलाको नाम काटेका थिए । परराष्ट्र स्रोतका अनुसार आशाको नाम फिर्ता लिनुअघि कांग्रेस सभापति शेरबहादुर देउवासँग मन्त्री महतले परामर्श गरेका थिए । शर्मिलाबारे उनलाई सिफारिस गर्ने दल फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग पनि मन्त्री महत आफैंले कुराकानी गरेका थिए ।

अहिले उहाँहरुको नाम पठाए पनि एग्रिमो आउँदैन, झन समस्या हुन्छ भनेपछि शर्मिलाको नाम फिर्ता लिन गच्छदार सहमत भएको स्रोतको दाबी छ ।

दुईजनाको नाम हटाएर १२ जना राजदूतको सूचीमा हस्ताक्षर गरेपछि मन्त्री महत जेनेभाका लागि उडे । विदेश जानुअघि उनले प्रस्ताव लैजाने प्रक्रियाबारे मुख्यसचिव सोमलाल सुवेदीसँग परामर्श गरेका थिए ।

यसरी थपियो शर्मिलाको नाम 

सोमबार मन्त्रिपरिषदले नाम फिर्ता नलिएसम्म बाहिर नल्याउने समझदारी महतले देउवा र गच्छदारसँग गरेका थिए । तर, सोमबार ल्होसारको सार्वजनिक विदा परेका कारण सोमबारै मन्त्रिपरिषद बैठक बस्न सकेन ।

त्यहीबीचमा शर्मिला र आशाको नाम फिर्ता हुने खबर चुहियो । त्यसलगत्तै शर्मिलाले चलखेल सुरु गरिन् । उनले दबाव दिएपछि विजयकुमार गच्छदार शर्मिलाकै लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगे ।

आशा र शर्मिलाको नाम फिर्ताबारे परराष्ट्रमन्त्री महतले पनि प्रचण्डसँग छलफल गरिसकेका थिए । तर, गच्छदारको दबावका अगाडि प्रचण्डको केही लागेन । र, उनले परराष्ट्र मन्त्रालयले पठाएको सूचीमा शर्मिला पराजुलीको नाम थपे ।

‘परराष्ट्रले पठाएको सूचीमा शर्मिलाको नाम थिएन’ मन्त्रालय स्रोतले भन्यो, ‘गच्छदारको दबावपछि टिप्पणी उठाएर शर्मिलाको नाममा समेत निर्णय भयो ।’

अब शर्मिलासहित १३ राजदूतको नाम संसदीय सुनुवाई विशेष समितिमा पुगेको छ र, समितिले १० दिनको समय दिएर उजुरी आहृवान गर्ने निर्णय गरेको छ । शर्मिलाबारे त्यहीँ पनि चर्कै बहस हुने देखिन्छ ।




Related Pictures:













Related News:

एमालेका शीर्ष नेता अस्पतालमा, आजका सवै चुनावी कार्यक्रम स्थगित - 2017-11-19

प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने, ४ बजेपछि पशुपतिमा अन्त्यष्टि गरिने - 2017-11-19

प्रकाश दाहालको मृत्यु ‘सुतेकै ठाउँमा’ - 2017-11-19

नुवाकोटमा शक्तिशाली एम्बुस विष्फोट, ५ जना कांग्रेस कार्यकर्ता घाइते - 2017-11-17

महरा, ओनसरी र पुनलाई लक्षित गरेर रेड बुल बम विस्फोट - 2017-11-17





अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक पक्राउ - 2017-11-15

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

यूएईले पठायो श्रम सम्झौताको मस्यौदा, कामदारलाई रोजगारदाता परिवर्तनको प्रस्ताव - 2017-11-08

युएईले द्विपक्षीय श्रम सम्झौताका लागि नेपाललाई औपचारिक रुपमा प्रस्ताव पठाएको छ । नेपालले हालै मात्र जोर्डनसँग श्रम सम्झौता गरे लगतै युएईले पनि चासो देखाउँदै मस्यौदा पठाएको हो । श्रम तथा रोजगार मन्त्रालयले पछिल्लो पटक घरेलु कामदारको लागि एमओयू गर्न प्रस्ताव गरेको थियो ।

मलेसियाबाट १८ नेपालीको उद्धार - 2017-04-21

मलेसिया:मलेसियास्थित नेपाली दूतावासले मलेसियाको स्थानीय बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीलाई नेपाल फर्काएको छ। त्यहाँ दुःख पाइरहेको अवस्थामा उनीहरुको उद्धार गरिएको हो। नेपाल सरकारको बजेटमा हवाई टिकटसमेत खरिद गरी उनीहरुलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ।

भवनवाट खसेर मलेसियामा भोजपुरका एक युवाको मृत्यु - 2017-03-25

क्वालालम्पुर:मलेसियाको पुत्राजयामा वन्दै गरेको २३ तले अग्लो भवनबाट खसेर शुक्रवार एक नेपालीको मृत्यु गएको छ । एन्टिकरप्सन कमिसन बिल्डिङवबाट खसेर भोजपुर रानीवन ९ हर्काका ३१ बर्षीय भीमबहादुर कटुवालको मृत्यु भएको हो ।

हत्या आरोपमा अष्ट्रेलियामा तीन नेपाली पक्राउ - 2017-03-07

एजेन्सी:अष्ट्रेलियाको प्रहरीले एक श्रीलंकन नागरिकको हत्या गरेको आरोपमा तीन नेपालीहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका नेपालीहरुको पहिचान खुलेको छैन । प्रहरीले जारी गरेको एक विज्ञप्तिका अनुसार गत शुक्रबार बेलुकी उत्तरी एडेलेडको पेनफिल्ड गार्डेनमा घटना भएको थियो । फेब्रुअरी ३ मा बेलुकी ८ः२० बजे कसैले फोन गरेर प्रहरीलाई बोआडेक्रेस ड्राइभमा बोलाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

मान्छे बेच्ने शर्मिलाको नाम सदर ! - 2017-03-03

काठमाडौ,(प्रस): ‘म्यानपावरवाली’ भन्दै चर्को आलोचना भएपछि राजदूतको सूचीबाट आशा लामा र शर्मिला पराजुलीको नाम काटेर परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत जेनेभातिर उडे । तर, उनी स्वदेश नफर्किँदै शर्मिलाको नाम फेरि राजदूतमा सिफारिस भएको छ । र, अब उनी राजदूत बन्दैछिन् ।

भारत गएका एक सय ६५ जना वेपत्ता - 2017-02-22

मोहन विष्ट, कञ्चनपुर:कञ्चनपुरको बेदकोट नगरपालिका ९– हजाराका ७० बर्षिय भानचन्द्र भट्टका चार छोरा थिए । चार छोरा मध्ये जेठो छोरा गणेश भट्ट २२ बर्षको उमेरमा रोजगारीका लागि वि.सं २०५० सालतिर भारतको दिल्ली गए । दुई दशक भन्दा बढि समय वितिसक्दा पनि गणेश न घर फर्के, न सम्पर्कमा आए । उनी आजसम्म पनि घर परिवारको सम्र्पकमा आएका छैनन् ।

मान्छे बेच्ने दलाल महामहिम राजदूत ! - 2017-02-20

कूटनीतिक क्षेत्रकै उपहास काठमाडौं: सरकारले सोमबार १४ जना राजदूतहरुको नाम सिफारिस गर्‍यो । राजदूतको सूची देख्नासाथ सांसद पदमा जस्तै कूटनीतिक क्षेत्रमा पनि पैसा खाएर मान्छे बेच्ने दलाललाई नियुक्त गरिएको छ ।

मलेसियामा नेपालीद्वारा नेपालीकै हत्या - 2017-02-01

रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको छ । जिल्लाको बाँफीकोट– १ का २४ वर्षीय अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।

१० प्रतिशत महिला कामदार १८ वर्षमुनिका - 2017-01-21

काठमाडौं:त्रिभूवन विमानस्थलबाट सन् २०१६ मा बाहिरिने आप्रवासी महिला कामदारमध्ये १० प्रतिशत १८ वर्षमुनिका रहेको तथ्यांकले देखाएको छ । विमानस्थल र माईती नेपालको अध्ययनले नेपाली विमानस्थल प्रयोग गर्दै विदेश जाने महिलाको बारेमा गरेको अध्ययनबाट १० प्रतिशत किशोरी/महिलाले फर्जी कागजात बनाइ उमेर बढाएर वैदेशिक रोजगारीमा जाने गरेको देखाएको छ ।

कुवेतमा ज्यान गुमाएकाको परिवारलाई एक करोड क्षतिपूर्ति - 2017-01-20

काठमाडौ,(प्रस): कुवेतमा ज्यान गुमाएका मात्तिम–७ का चन्द्रबोल राईको परिवारलाई करिब रु एक करोड क्षतिपूर्ति उपलब्ध गराइएको छ । वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई रु ९८ लाख दश हजार २२० क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो ।

बमलाई आममाफीसहित नेपाल पठाउन प्रधानमन्त्रीकाे आग्रह - 2017-01-17

साउदी:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति मोहमद बिन रसिद अल मक्तोमबीच भेटबार्ता भएको छ । मंगलबार दुवईमा भएको भेटबार्तामा प्रधानमन्त्री प्रचण्ड र उपराष्ट्रपति मक्तोमबीच दुर्इपक्षीय कुराकानी पनि भएको थियो ।

माछा मार्दामार्दै पाकिस्तानी जेलमा पुगे एक नेपाली - 2016-12-20

काठमाडौ,(प्रस): भारत–पाकिस्तान सीमावर्ती पञ्जाव प्रान्तको समुद्रमा उभिएर भारतीय मछुवारको अह्राइखटाइमा माछा मार्ने काम गरिरहेका गुल्मी बडागाउँ–३ का एक युवक पाकिस्तानको कराँचीस्थित ल्यान्डी जेलमा थुनामा रहेको पाइएको छ। माछा मार्दै जाँदा सामुद्रिक सीमा थाहा नपाई अर्को देशको क्षेत्रमा प्रवेश गर्ने एकअर्का देशका नागरिकलाई कहिले भारतीय र कहिले पाकिस्तानी सुरक्षा प्रहरीले पक्राउ गरेर थुनामा राख्ने गरेका छन्।

अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु - 2016-12-17

वाशिंगटन डीसी- अमेरिकाको फ्लोरिडा राज्यमा भएको एक कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा २० वर्षीय संगम सुबेदी छन् भने सोही कारमा सवार अर्की युवतीको समेत मृत्यु भएको छ। उनको सनाखत हुन सकेको छैन।

गाम्काको लुट, थप १० डलर असुल्दैं - 2016-12-10

काठमाडौं:अप्रुभ्ड मेडिकल सेन्टर्स एसोसिएसन (गाम्का) ले वैदेशिक रोजगारमा जाने कामदारसँग गर्दै आएको लुटमा थप रकम असुलेर लिने तयारी गरेको छ । गाम्काले आगामी जनवरी १, २०१७ देखि अहिले लिइरहेको स्वास्थ्य परीक्षण रकममा थप १० डलर शुल्क लिने भएपछि नेपाली कामदार थप पीडित हुने भएका छन् ।

साउदीको भिसा शुल्कमा भारी वृद्धि:नेपाली कामदार प्रभावित - 2016-10-01

साउदी अरबले आफ्नो भिसासहित अध्यागमन सम्बद्ध शुल्कमा भारी वृद्धि गरेको छ । तेलको मूल्य आएको गिरावटले राजश्व प्रभावित भएपछि साउदी सरकारले भिसा शुल्क बढाएको हो । र, यो भोलि आइतबारदेखि नै लागू हुने अरबन्युजले जनाएको छ ।

कोरिया लैजान्छु भन्दै ठगी: श्रेष्ठ पक्राउ - 2016-09-30

काठमाडौं:खाडी, मलेसिया र युरोपमा कामका लागि लैजाने भन्दै ठगी मौलाउँदो छ । अब कोरियाका नाममा पनि मानव तस्करहरुले ठगी धन्दा सुरु गरेको पुष्टी भएको छ ।

को हुन् मलेसियाले देश निकाला गरेका नेपाली ? - 2016-09-23

काठमाडौं/अन्तराष्ट्रिय चरमपन्थी संगठन आईएससँग संलग्न भएको हुनसक्ने आशंका गर्दै पक्राउ गरेका एक नेपालीसहित तीन जनालाई मलेसिया सरकारले देश निकाला गरेको छ ।

कन्चनपुरका दिपक साउदको मलेसियामा मृत्यु - 2016-09-18

महेश भट्ट/बिगत सत्ताइस महिना पहिले देखि कन्चनपुर जिल्ला घर भई मलेसियाको राजधानी क्वालाम्पुर स्थित कोतराय माइडिनमा कार्यरत दिपक साउदको हिजो सुतिरहेको अबस्थामा निधन भएको छ । ड्युटी सकेर कोठामा आएपछि टाउको टाउको दुख्यो भनेर पेनाडोल खाइ साथिहरूसंगै सुतेका थिए साउद बिहान डिउटी जान उढाउदा मृत अवस्था रहेको उनका साथीहरुले बताएका छन् ।

ग्वाटेमालाबाट नेपाली युवाको गुहार - 2016-09-12

काठमाडौं/‘अमेरिका जान भनेर काठमाडौं हुँदै दिल्लीबाट भेनेजुयलाको भिसा हानेर पठायो, भेनेजुयलाबाट मेक्सिको जाने क्रममा त्यहाँको एयरपोर्टमा हामीलाई समातेर शरणार्थी शिविर पठाए, बल्लतल्ल छुट्यौं, केहीलाई दलालको कोठामा थुनेर राखेको छ, हामीलाई बचाउनु पर्‍यो,’

कोरियामा नेपाली कामदार: कामदेखी रोमान्ससम्म (फोटो फिचर) - 2016-09-11

सुवास पाख्रिन, दक्षिणकोरियानेपाली युवाहरको रोजगारीको आर्कषणको केन्द्र बन्दै आएको कोरियामा अहिले भने जस्तो काममा सजिलो नभएको स्वयमं नेपाली युवाहरुलेनैं बताउन थालेका छन् । झण्डै तीन वर्ष अगाडि कोरिया पुगेका पत्रकार सुवास पाख्रिनले नेपाली युवाहरुमा अहिले कामको वोझ सँगसँगै काम प्रतिको जिम्मेवारी र लगाव पनि त्यत्तिकै बढाएको बताएका छन् ।










Powered by: Exclusively Solution