वैदेशिक रोजगार




भारत गएका एक सय ६५ जना वेपत्ता


मोहन विष्ट, कञ्चनपुर:
कञ्चनपुरको बेदकोट नगरपालिका ९– हजाराका ७० बर्षिय भानचन्द्र भट्टका चार छोरा थिए । चार छोरा मध्ये जेठो छोरा गणेश भट्ट २२ बर्षको उमेरमा रोजगारीका लागि वि.सं २०५० सालतिर भारतको दिल्ली गए । दुई दशक भन्दा बढि समय वितिसक्दा पनि गणेश न घर फर्के, न सम्पर्कमा आए । उनी आजसम्म पनि घर परिवारको सम्र्पकमा आएका छैनन् ।

भट्टकै माइला छोरा धर्म पनि २० बर्षको उमेरमा वि.सं २०६४ सालमा रोजगारीका लागि भन्दै भारतको दिल्ली गए । उनी पनि आफ्ना जेठा दाई जस्तै न सम्पर्कमा आए न घर आए । भानचन्द्रका माइला छोरा पनि सम्पर्क बिहिन भएको झण्डै दशक वित्न लाग्यो ।  रोजगारीका लागि भारत गएका दुई दुई छोरा गुमाउनु पर्दा उनको परिवार चिन्ताले पिरोल्लिएको छ । कमाउन गएको छोराको आशामा बसेका भट्टको परिवारको अवस्था कहालिलाग्दो छ । गणेशका दुई छोरी र एक छोरा छन्, भने धर्मकी एक छोरी । विवाहित दुवै जनाले भारतमा गएर केही रकम कमाउने सोच बनाए पनि उनको परिवारको सपना तुहिएको छ ।

लामो समय वितिसक्दा पनि छोराहरु सम्पर्कमा नआएपछी भट्टले अहिले आश मारेको बताए । ‘दुई छोरा कमाउन भारत गए, फर्केनन्, ‘भानचन्द्र भट्टले भने, ‘लामो समय वितिक्दा पनि छोराहरु घर आएनन् ।’ जेठो छोरा पट्टीका दुई नातिनीको आफैले विवाह गरिदिएको उनले बताए । ‘मैले दुई नातिको विवाह गरिदिए, उनले भने ‘तर पनि जेठो छोरा घर फर्केन् ।’ खोजीका लागि आफूले आफन्तबाट प्रयास गरे पनि सफल हुन नसकेको उनले दुखेसो पोखे । भट्टको जस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुरकी ६० बर्षिय जमुना देवि दमाईको छोरा सुनिल दमाई पनि भारतको दिल्ली रोजगारीमा गएको झण्डै एक दशक पुग्यो । सुनिल आजसम्म घर परिवारको सम्र्पकमा छैन् ।

दृष्ट्रिबिहीन जमुनाले वि.सं. २०६३ सालतिर १९ बर्षको उमेरमा सुनिल रोजगारीका लागि भारत गएको बताइन् । ‘होटलमा काम गथ्र्यो भनेर सुनेको थिए, ‘उनले भनिन्, ‘तर गएदेखि आजसम्म घर आएको छैन् नत फोन गरेको छ ।’ जमुनाको बुढेशकालको साहरा सुनिल यतीबेला वेपत्ता भएपछि उनको दैनिकी बेहाल भएको छ । जमुना दमाई र भानदेव भट्टको जस्तै सुदूरपश्चिमका तीन जिल्लाका एक सय ६५ जना अभिभावकको पीडा उस्तै छ । निड्स नेपाल कञ्चनपुरले कामका लागि भारत गएर हराएका व्यक्तिहरुका परिवारसँग भेट गरी तथ्याङ्क संकलन गरेको छ । निड्स नेपाल कञ्चनपुरले सुरक्षित आप्रवासन तथा मानव बेचबिखन रोकथान परियोजना संचालन गरेर अछाम, डोटी र कञ्चनपुरका तीन जिल्लाका व्यक्तिहरुको तथ्याङ्क संकलन गरेको हो । सुदूरपश्चिमका तीन जिल्लाबाट यसरी एक सय ६५ जना मात्रै हराएको तथ्याङ्क बाहिर आएपनि ९ वटै जिल्लाबाट हजार भन्दा बढि मानिस हराएको अनुमान गरिएको छ । सरकारले समेत कामका लागि भारत जानेको रेकर्ड नराख्दा हराएका व्यक्तिको संख्या यकिन भएको छैन् ।

एक सय ५७ पुरुष र ८ महिला हराएका

निड्स नेपाल कञ्चनपुरले सुरक्षित आप्रवासन तथा मानव बेचबिखन रोकथान परियोजनाका प्रमुख प्रकासचन्द्र मडैले कञ्चनपुरको दुई नगरपालिका बेदकोट र भीमदत्त, अछामको साफेबगर र डोटीका १२ गाविसका भारत गएर लामो समयदेखि सम्पर्कमा नआएका व्यक्तिहरुका परिवारसँग प्रत्यक्ष अध्ययन गरेर प्रतिवेदन तयार पारिएको बताए । उनका अनुसार अछामका ३१, डोटीका १०६ र कञ्चनपुरका २८ जना कामदार अझैसम्म फेला परेका छैनन् ।

जसमध्ये एक सय ५७ पुरुष र ८ महिला हराएका हुन् । २०४९ भन्दा अघि २२, २०५० देखि २०६० भित्र ४४, २०६० देखि २०७० सम्म ६७ र २०७० यता ३२ जना भारत गएर सम्पर्क बिहिन भएका छन् । हराएका मध्ये ९८ जना बिवाहित छन्, भने ५५ जना अबिबाहित र ९ जनाको विवाहको अवस्था बारे खुल्न सकेको छैन् । प्रतिवेदनमा सबैभन्दा बढि मुम्बइबाट हराएका छन् । मुम्बइबाट ३०, दिल्लीबाट १८, गुजरात, पुना र पञ्जावबाट ५÷५, देहरादुनबाट ३, मद्रासबाट ४, मधुरा ६, बरेली ४ र अन्य विभिन्न शहरबाट हराएका छन् । घरको कमाउने मुली हराउँदा उनीहरुको अवस्था दयनिय बन्दै गएको समेत मडैले बताए ।

मानवअधिकारको आग्रह

भारतको रोजगारीलाई वैदेशिक रोजगार मान्न नसक्दा उनीहरुको अवस्था वेपत्ता भएको उनले बताए । ‘सरकारले हालै भारतमा रोजगारीका लागि जानेको सुरक्षाका लागि कार्यक्रम समेत अघि सारेको छ, ‘उनले भने, ‘अब केही हदसम्म नेपालीहरु सुरक्षित हुन्छन् ।’ निड्स नेपाल कञ्चनपुरले हराएका व्यक्तिहरुको खोजबिनका लागि राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय धनगढीलाई समेत आग्रह गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय धनगढीका प्रमुख दिपकध्वज कार्कीले यो विषयमा मानव अधिकार आयोग गम्भिर भएको बताए । ‘यो समग्र राष्ट्रिय मानव अधिकारको चासोको विषय हो, ‘उनले भने , ‘अब यसमा राज्य समेत गम्भिर हुनुपर्छ ।’ हराएका व्यक्तिहरुको खोजीका लागि आयोगले सरकारलाई घच्घच्याउने उनले बताए ।

अभिभावकले प्रहरीमा उजुरी दिएनन्

भारतीय रोजगारीमा गएर हराएका कुनै पनि व्यक्तिका आफन्तले खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन दिएका छैनन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नैन सिह कार्कीले कामका लागि भारत गएका व्यक्ति हराएपछि प्रहरीमा निवेदन नआएको बताए । ‘आजसम्म भारतमा आफ्नो मान्छे हराएको भन्दै कसैको पनि निवेदन आएको छैन्, उनले भने, ‘खोबिनका लागि प्रहरीमा उजुरी आए हामी आवश्यक पहल गर्छ ।’




Related Pictures:













Related News:

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला - 2017-09-12

जय र लक्ष्मीको मृत्युदण्ड सार्वजनिक - 2017-09-12

निडर कंगनाको चलचित्र निर्देशन गर्ने चाहना - 2017-09-12

प्रधानमन्त्री देउवा आज २ नम्बर प्रदेशको चुनावी सभा गर्न त्यसतर्फ - 2017-09-12

रौतहटमा निर्वाचन आचारसंहिताको गंभीर उलंघनमा दलहरुको प्रतिस्पर्धा - 2017-09-10





मलेसियाबाट १८ नेपालीको उद्धार - 2017-04-21

मलेसिया:मलेसियास्थित नेपाली दूतावासले मलेसियाको स्थानीय बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीलाई नेपाल फर्काएको छ। त्यहाँ दुःख पाइरहेको अवस्थामा उनीहरुको उद्धार गरिएको हो। नेपाल सरकारको बजेटमा हवाई टिकटसमेत खरिद गरी उनीहरुलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ।

भवनवाट खसेर मलेसियामा भोजपुरका एक युवाको मृत्यु - 2017-03-25

क्वालालम्पुर:मलेसियाको पुत्राजयामा वन्दै गरेको २३ तले अग्लो भवनबाट खसेर शुक्रवार एक नेपालीको मृत्यु गएको छ । एन्टिकरप्सन कमिसन बिल्डिङवबाट खसेर भोजपुर रानीवन ९ हर्काका ३१ बर्षीय भीमबहादुर कटुवालको मृत्यु भएको हो ।

हत्या आरोपमा अष्ट्रेलियामा तीन नेपाली पक्राउ - 2017-03-07

एजेन्सी:अष्ट्रेलियाको प्रहरीले एक श्रीलंकन नागरिकको हत्या गरेको आरोपमा तीन नेपालीहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका नेपालीहरुको पहिचान खुलेको छैन । प्रहरीले जारी गरेको एक विज्ञप्तिका अनुसार गत शुक्रबार बेलुकी उत्तरी एडेलेडको पेनफिल्ड गार्डेनमा घटना भएको थियो । फेब्रुअरी ३ मा बेलुकी ८ः२० बजे कसैले फोन गरेर प्रहरीलाई बोआडेक्रेस ड्राइभमा बोलाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

मान्छे बेच्ने शर्मिलाको नाम सदर ! - 2017-03-03

काठमाडौ,(प्रस): ‘म्यानपावरवाली’ भन्दै चर्को आलोचना भएपछि राजदूतको सूचीबाट आशा लामा र शर्मिला पराजुलीको नाम काटेर परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत जेनेभातिर उडे । तर, उनी स्वदेश नफर्किँदै शर्मिलाको नाम फेरि राजदूतमा सिफारिस भएको छ । र, अब उनी राजदूत बन्दैछिन् ।

भारत गएका एक सय ६५ जना वेपत्ता - 2017-02-22

मोहन विष्ट, कञ्चनपुर:कञ्चनपुरको बेदकोट नगरपालिका ९– हजाराका ७० बर्षिय भानचन्द्र भट्टका चार छोरा थिए । चार छोरा मध्ये जेठो छोरा गणेश भट्ट २२ बर्षको उमेरमा रोजगारीका लागि वि.सं २०५० सालतिर भारतको दिल्ली गए । दुई दशक भन्दा बढि समय वितिसक्दा पनि गणेश न घर फर्के, न सम्पर्कमा आए । उनी आजसम्म पनि घर परिवारको सम्र्पकमा आएका छैनन् ।

मान्छे बेच्ने दलाल महामहिम राजदूत ! - 2017-02-20

कूटनीतिक क्षेत्रकै उपहास काठमाडौं: सरकारले सोमबार १४ जना राजदूतहरुको नाम सिफारिस गर्‍यो । राजदूतको सूची देख्नासाथ सांसद पदमा जस्तै कूटनीतिक क्षेत्रमा पनि पैसा खाएर मान्छे बेच्ने दलाललाई नियुक्त गरिएको छ ।

मलेसियामा नेपालीद्वारा नेपालीकै हत्या - 2017-02-01

रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको छ । जिल्लाको बाँफीकोट– १ का २४ वर्षीय अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।

१० प्रतिशत महिला कामदार १८ वर्षमुनिका - 2017-01-21

काठमाडौं:त्रिभूवन विमानस्थलबाट सन् २०१६ मा बाहिरिने आप्रवासी महिला कामदारमध्ये १० प्रतिशत १८ वर्षमुनिका रहेको तथ्यांकले देखाएको छ । विमानस्थल र माईती नेपालको अध्ययनले नेपाली विमानस्थल प्रयोग गर्दै विदेश जाने महिलाको बारेमा गरेको अध्ययनबाट १० प्रतिशत किशोरी/महिलाले फर्जी कागजात बनाइ उमेर बढाएर वैदेशिक रोजगारीमा जाने गरेको देखाएको छ ।

कुवेतमा ज्यान गुमाएकाको परिवारलाई एक करोड क्षतिपूर्ति - 2017-01-20

काठमाडौ,(प्रस): कुवेतमा ज्यान गुमाएका मात्तिम–७ का चन्द्रबोल राईको परिवारलाई करिब रु एक करोड क्षतिपूर्ति उपलब्ध गराइएको छ । वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई रु ९८ लाख दश हजार २२० क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो ।

बमलाई आममाफीसहित नेपाल पठाउन प्रधानमन्त्रीकाे आग्रह - 2017-01-17

साउदी:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति मोहमद बिन रसिद अल मक्तोमबीच भेटबार्ता भएको छ । मंगलबार दुवईमा भएको भेटबार्तामा प्रधानमन्त्री प्रचण्ड र उपराष्ट्रपति मक्तोमबीच दुर्इपक्षीय कुराकानी पनि भएको थियो ।

माछा मार्दामार्दै पाकिस्तानी जेलमा पुगे एक नेपाली - 2016-12-20

काठमाडौ,(प्रस): भारत–पाकिस्तान सीमावर्ती पञ्जाव प्रान्तको समुद्रमा उभिएर भारतीय मछुवारको अह्राइखटाइमा माछा मार्ने काम गरिरहेका गुल्मी बडागाउँ–३ का एक युवक पाकिस्तानको कराँचीस्थित ल्यान्डी जेलमा थुनामा रहेको पाइएको छ। माछा मार्दै जाँदा सामुद्रिक सीमा थाहा नपाई अर्को देशको क्षेत्रमा प्रवेश गर्ने एकअर्का देशका नागरिकलाई कहिले भारतीय र कहिले पाकिस्तानी सुरक्षा प्रहरीले पक्राउ गरेर थुनामा राख्ने गरेका छन्।

अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु - 2016-12-17

वाशिंगटन डीसी- अमेरिकाको फ्लोरिडा राज्यमा भएको एक कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा २० वर्षीय संगम सुबेदी छन् भने सोही कारमा सवार अर्की युवतीको समेत मृत्यु भएको छ। उनको सनाखत हुन सकेको छैन।

गाम्काको लुट, थप १० डलर असुल्दैं - 2016-12-10

काठमाडौं:अप्रुभ्ड मेडिकल सेन्टर्स एसोसिएसन (गाम्का) ले वैदेशिक रोजगारमा जाने कामदारसँग गर्दै आएको लुटमा थप रकम असुलेर लिने तयारी गरेको छ । गाम्काले आगामी जनवरी १, २०१७ देखि अहिले लिइरहेको स्वास्थ्य परीक्षण रकममा थप १० डलर शुल्क लिने भएपछि नेपाली कामदार थप पीडित हुने भएका छन् ।

साउदीको भिसा शुल्कमा भारी वृद्धि:नेपाली कामदार प्रभावित - 2016-10-01

साउदी अरबले आफ्नो भिसासहित अध्यागमन सम्बद्ध शुल्कमा भारी वृद्धि गरेको छ । तेलको मूल्य आएको गिरावटले राजश्व प्रभावित भएपछि साउदी सरकारले भिसा शुल्क बढाएको हो । र, यो भोलि आइतबारदेखि नै लागू हुने अरबन्युजले जनाएको छ ।

कोरिया लैजान्छु भन्दै ठगी: श्रेष्ठ पक्राउ - 2016-09-30

काठमाडौं:खाडी, मलेसिया र युरोपमा कामका लागि लैजाने भन्दै ठगी मौलाउँदो छ । अब कोरियाका नाममा पनि मानव तस्करहरुले ठगी धन्दा सुरु गरेको पुष्टी भएको छ ।

को हुन् मलेसियाले देश निकाला गरेका नेपाली ? - 2016-09-23

काठमाडौं/अन्तराष्ट्रिय चरमपन्थी संगठन आईएससँग संलग्न भएको हुनसक्ने आशंका गर्दै पक्राउ गरेका एक नेपालीसहित तीन जनालाई मलेसिया सरकारले देश निकाला गरेको छ ।

कन्चनपुरका दिपक साउदको मलेसियामा मृत्यु - 2016-09-18

महेश भट्ट/बिगत सत्ताइस महिना पहिले देखि कन्चनपुर जिल्ला घर भई मलेसियाको राजधानी क्वालाम्पुर स्थित कोतराय माइडिनमा कार्यरत दिपक साउदको हिजो सुतिरहेको अबस्थामा निधन भएको छ । ड्युटी सकेर कोठामा आएपछि टाउको टाउको दुख्यो भनेर पेनाडोल खाइ साथिहरूसंगै सुतेका थिए साउद बिहान डिउटी जान उढाउदा मृत अवस्था रहेको उनका साथीहरुले बताएका छन् ।

ग्वाटेमालाबाट नेपाली युवाको गुहार - 2016-09-12

काठमाडौं/‘अमेरिका जान भनेर काठमाडौं हुँदै दिल्लीबाट भेनेजुयलाको भिसा हानेर पठायो, भेनेजुयलाबाट मेक्सिको जाने क्रममा त्यहाँको एयरपोर्टमा हामीलाई समातेर शरणार्थी शिविर पठाए, बल्लतल्ल छुट्यौं, केहीलाई दलालको कोठामा थुनेर राखेको छ, हामीलाई बचाउनु पर्‍यो,’

कोरियामा नेपाली कामदार: कामदेखी रोमान्ससम्म (फोटो फिचर) - 2016-09-11

सुवास पाख्रिन, दक्षिणकोरियानेपाली युवाहरको रोजगारीको आर्कषणको केन्द्र बन्दै आएको कोरियामा अहिले भने जस्तो काममा सजिलो नभएको स्वयमं नेपाली युवाहरुलेनैं बताउन थालेका छन् । झण्डै तीन वर्ष अगाडि कोरिया पुगेका पत्रकार सुवास पाख्रिनले नेपाली युवाहरुमा अहिले कामको वोझ सँगसँगै काम प्रतिको जिम्मेवारी र लगाव पनि त्यत्तिकै बढाएको बताएका छन् ।

साउदीमा दुई नेपालीको मृत्यु - 2016-09-11

नवलपरासी/रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई व्यक्तिको पछिल्लो एक सातामा मृत्यु भएको छ । साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका साविक तम्सरिया–५, नवलपरासीका ४६ वर्षीय खुइतप्रसाद महतोको हृदयाघातका कारण मृत्यु भएको हो ।

'भूकम्पपीडितका लागि उठाएको रकम निजी खातामा छैन' - 2016-09-10

टोकियो/भूकम्पपीडितका नाममा गैरआवासीय नेपाली संघ जापान सहितको संलग्नतामा उठाइएको रकम निजी खातामा नरहेको सम्बन्धित संस्था एवं व्यक्तिहरुले प्रस्ट्याएका छन्।










Powered by: Exclusively Solution