एजेन्सी : थाइल्यान्डमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा अहिले नेपालले आफ्नो पहिलो म्याच मलेसियाविरुद्ध खेलिरहेको छ । टस जितेको नेपालले पहिलो ब्याटिङ गर्दै मलेसियालाई एक सय २७ रनको चुनौती दिएको छ ।
|
एजेन्सी : जिलको एक फुटबल क्लबमा आगलागी हुँदा १० जनाको ज्यान गएको छ।
राजधानी रियो दी जेनेरियोस्थित फ्लामेङ्गो फुटबल क्लबको एकेडेमीमा भएको आगलागीमा परी फुटबलरसहित १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। |
काठमाडौ,(प्रस): राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस गर्ने भएको छ ।
खेलाडीहरुको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका सदस्य सचिव केशव विष्टले भने, प्रत्येक खेलाडीलाई ५ लाख दिन भोलि मन्त्रालयमार्फत प्रस्ताव लैजाँदैछु ।’ |
पोखरा,(प्रस): सशस्त्र प्रहरी बलको एपीएफ क्लब सरप्राइज गोलको मद्दतमा बिजयी भएको छ ।
आइतबार पोखरा रंगशालामा भएको खेलमा एपीएफले पहिलो मिनेटमै गरेको निर्णायक गोलको सहयोगमा थ्रीस्टार क्लबलाई स्तब्ध पार्न सफल भएको हो । जितसँगै एपीएफ सेमीफाइनलमा प्रवेश गरेको छ । |
काठमाडौ,(प्रस): तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज जितेको छ ।
वर्षाका कारण १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी-२० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । |
काठमाडौ,(प्रस): युवा खेलाडीहरु पवन सराफ, भिम शार्की र सन्दिप जोरा धनगढी प्रिमियर लिग (डीपीएल ३) को अक्सनमा हिट बनेका छन्। पवन र भिमलाई उच्चतम २ लाख ५० हजार सम्मको बोली लाग्दा सन्दिपलाई २ लाख ४० हजार सम्मको बोली लाग्यो।
१ लाख ५० हजार बेस प्राइज राखेका पवनला धनगढी स्टार्स र विराटनगर किंग्सले २ लाख ५० हजारको बोली लगाएको थियो। जसमा धनगढी स्टार्स भाग्यमानी बन्दै लक्की ड्र बाट पवनलाई पायो। |
एजेन्सी : नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको प्रतिष्ठित बिग ब्यास लिगको चौथो खेलमा पनि विकेट लिएका छन्।
मंगलबार मेल्वर्न रेनेगड्स विरूद्धको खेलमा सन्दीपले टम कुपरलाई गुगलीमा आउट पारेका हुन्। उनले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन। |
वीरगंज,(प्रस): वीरगंजमा रहेको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन माँग गर्दै आज वीरगंजमा मानव सांगलो बनाइएको छ । नेकपा पर्सा , नेपाली काँग्रेस र राजपा नेपालका केही नेताहरुको बिशेष पहलमा सो मानव सांगलो बनाइएको हो । देशकै सवैभन्दा बढि क्षेत्रफल भएको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला नबनाई जनकपुरमा प्रादेशिक रंगशाला बनाउन लागेको भन्दै वीरगंजका नेता कार्यकर्ताहरु आक्रोशित भएका छन । |
एजेन्सी : बार्सिलोना तथा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी सन् २०१८ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । मेस्सीले सन् २०१८ मा सर्वाधिक ५१ गोल गरेका छन् । दोस्रो स्थानमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो रहेका छन् । शनिबार राति साम्पडोरियाविरुद्ध २ गोल गरेसँगै क्रिस्टियानोको गोलसंख्या ४९ पुगेको थियो । |
एजेन्सी : अन्तर्राष्ट्रिय मैत्रपूर्ण खेलमा जर्मनीले २०१८ को विश्वकप आयोजना गरेको राष्ट्र रसियालाई पराजित गरेको छ ।
बिहीबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रसियामाथि लय विर्सेको जर्मनीले सहज जित निकालेको हो । २०१८ मा जर्मनीले कुनै पनि खेल राम्रोसँग खेल्न सकेन । विश्वकप फुटबलमा डिफेन्डिङ च्याम्पियन समेत रहेको जर्मनी समूह चरणबाटै बाहिरिएपछि सर्वत्र आलोचना पनि भएको थियो । |
एजेन्सी : साफ यू-१८ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ।
टाइब्रेकरमा ३-१ ले भारतको चुनौती पन्छाउँदै नेपाल उपाधि नजिक पुगेको हो। भुटानको थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा नेपालले उपाधिको दावेदार मानिएको भारतलाई निर्धारित समयमा १-१ को बराबरीमा रोक्दै ट्राइब्रेकरमा ३-१ ले पन्छाएको हो। |
काठमाडौ,(प्रस): आयोजक बंगलादेशलाई हराउँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो ।
अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो । |
काठमाडौ,(प्रस): मलेसियामा जारी एसिसि एसिया कप छनोट खेल अन्तर्गत हङकङविरूद्ध नेपालले खराब प्रदर्शन गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५८ रनमै ७ विकेट गुमाएको हो। नेपालका लागि सोमपाल कामीले १२ बल खेल्दै ० रन बनाएर आउट भए। |
काठमाडौ,(प्रस): एसिया कप छनोट क्रिकेटमा नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याएको ओमानले पहिलो विकेट गुमाएको छ ।
नेपालका लागि कप्तान पारस खड्काले पहिलो विकेट दिलाएका हुन् । पारसले अकिब इल्यासलाई १६ रनमा एलबीडब्लू आउट गराए । ओमनको ८ ओभरको खेल चलिरहंदा १ विकेटको क्षतिमा ३३ रन भएको छ । |
काठमाडौ,(प्रस): एसियाली खेलकुदको पुरुष भलिबलमा नेपालले पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा नेपालले मंगोलियालाई ३-१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेटमा पराजित भएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गरेको हो । पहिलो सेट २८-२६ ले गुमाएको नेपालले त्यसपछि लगातार तीन सेट जित्दै विजय हासिल गर्यो । |
काठमाडौ,(प्रस): नेपाल १८ औं एसियाली खेलकुदमा पदकविहीन हुनुपर्ने हो कि भन्ने डर बढीरहेका बेला नयाँ खेलबाट पदक भित्रिने आश बढेको छ ।
प्याराग्लाइडिङ क्रस कन्ट्री इभेन्टमा नेपाली टोलीको प्रदर्शन राम्रो भइरहेको छ । चौथो चरणको खेल सकिँदा नेपाली टोली जापानपछि दोस्रो स्थानमा रहेको छ । पाँच चरणको खेलमा अब अन्तिम चरण बाँकी छ । अन्तिम चरणको खेल बुधबार हुनेछ । |
काठमाडौ,(प्रस): एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ। एसिया कप छनोट खेल आजदेखि मलेसियामा सुरू हुँदैछ।
|
काठमाडौ,(प्रस): सभामुख कृष्णबहादुर महराले ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीहरूलाई बिदाई गरेका छन्। |
एजेन्सी : क्यारेबियन प्रिमियर लिग आजबाट सुरू हुँदैछ। विभिन्न ६ टोलीले सहभागी जनाउने प्रतियोगितामा नेपाली युवा बलर सन्दीप लामिछानेले पनि खेल्दैछन्।
सन्दीपलाई सेन्ट नेभिस एण्ड प्याट्रिओट्सले ५ हजार डलरमा अनुबन्ध गरेको हो। |
काठमाडौ,(प्रस): नेपाली यु १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने निम्तो पाएको छ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९ टोलीले कोलकातामा खेल्ने भएका हुन् । |
ऐतिहासिक एक दिवसीय क्रिकेटमा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ ।
कप्तान पारस खड्का नेतृत्वमा रहेको नेपाली टोली सोमबार बिहान स्वदेश फर्किएको हो । स्वदेश फर्किएको क्रिकेट टोलीलाई राखेपका सदस्य सचिव केशवकुमार विष्टलगायतले विमानस्थलमा खादा तथा माला लगाएर स्वागत गरे ।
नेपाली टोली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नेदरल्यान्ड्स गएको थियो । पहिलो खेलमा नेपालले हार बेहोरे पनि दोस्रो खेलमा रोमाञ्चक जित हात पारेको थियो । |