जापान समाचार




जापानद्वारा चार अर्ब ५३ करोड अनुदान सहयोग


काठमाडौं: जापान सरकार पोखरामा खानेपानी आपूर्ति सुधार परियोजना कार्यान्वयनका लागि चार अर्ब ५३ करोड ९० लाख अनुदान सहयोग गर्न सहमत भएको छ। अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ सचिव डा शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले सम्झौता पत्रममा हस्तारक्षर गरे।


 

उक्त परियोजना कार्यान्वयनमा जापानले उपलब्ध गराउने अनुदान सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्यालले सम्झौता गरे। खानेपानी संस्थानले कार्यान्वयन गर्ने उक्त आयोजनाअन्तर्गत पानी प्रशोधन केन्द्र, खानेपानी वितरण प्रणालीको सुधार, उपभोक्ताले प्रयोग गर्ने मिटरलगायत काम हुनेछ। 

 

सन् २०२२ मा सम्पन्न हुने उक्त परियोजनापछि ४० करोड २० लाख लिटर पानी प्रतिदिन वितरण हुनेछ । परियोजना समापनपछि चार लाख पाँच हजार नागरिक लाभान्वित हुनेछन्। 

 

सो अवसरमा अर्थ सचिव सुवेदीले जापान नेपालको मुख्य विकास साझेदार भएको उल्लेख गर्दै खानेपानी जस्ता जनतासँग प्रत्यक्ष सम्बन्धित विषयमा आगामी दिनमा पनि सहयोग रहने विश्वास व्यक्त गरे। 

 

नेपालका लागि जापानी राजदूत ओगावाले परियोजना कार्यान्वन भएपछि पोखराका जनता सहज रुपमा स्वच्छ पानी पिउन पाउने उल्लेख गर्दै पोखराको जनजीवनमा सुधार ल्याउन मद्दत पुग्ने बताए। रासस 




Related Pictures:













Related News:

क्राइम स्टोरी: ३८ क्वीन्टल सुन तस्करी, लहरो तान्दा पहरो गयो - 2018-05-24

यातायातका महानिर्देशक हटाउन प्रधानमन्त्रीकै सहमति ! - 2018-05-22

संविधान संशोधन गर्ने राजनीतिक सहमति भइसक्यो : दाहाल - 2018-05-21

नेतृत्वले कांग्रेसलाई खल्तीबाट चलाएको छ : कोइराला - 2018-05-20

वृद्धभत्ता बढाउन अर्थमन्त्रीमाथि दबाव बढ्यो - 2018-05-20





साकुरा नाईटका लागि आधा दर्जन कलाकार टोकियोमा - 2018-05-03

टोकियो;(प्रस):‘साकुरा नाइट-३’का कलाकार जापानको राजधानी टोकियो आइपुगेका छन् । गोल्डेन विकको अवसरमा मे ३ तारिखमा टोकियोमा हुने ‘साकुरा नाइट-३’का लागि लोक गायक मिलन लामा, गायिका मिलन नेवार अमात्य, गायक हेमन्त शर्मा, गायक कमल खत्री, हाँस्यकलाकार सन्दिप क्षेत्री बुधबार टोकियोस्थित नारिता एयरपोर्ट ओर्लिएका हुन् ।

टोकियोमा ९ बालिकाको सामुहिक विवाह ! - 2018-04-30

टोकियो;(प्रस):जापान महिला तथा वालवालिकाका लागि सबैभन्दा सुरक्षित र उनीहरुको अधिकारका लागि सचेत मुलुकका रुपमा चिनिन्छ तर त्यही देशमा अवोध कलिला केटीहरुको कलिलैमा बिवाह गरिन्छ भन्ने समाचार बाहिर आउँदा अचम्म लाग्न सक्छ ।

जापान इमिग्रेशनले गायक योगेश काजीलाई एयरपोर्टबाटै फर्कायो - 2018-04-29

शुक्रबार राति १० बजेतिर पोखरेली गायक योगेश काजीले आफ्नो फेसबुकमा तस्वीरसहित एउटा स्टाट्स लेखे – ‘डेस्टिनेशन टू जापान’ । उनको फेसबुकमा जोडिएका फ्यानहरुले उनलाई यात्राका लागी शुभकामना दिन समय खर्चिए । फ्यानकै आर्शिवादले योगेश टोकियोको नारिता एअरपोर्टसम्म त आइपुगे । तर, कार्यक्रम गर्न भने सकेनन् ।

विश्वका सवै भन्दा जेष्ठ जापानी नागरिक ताजिमाको निधन - 2018-04-22

एजेन्सी : विश्वभरीका जिवित मानिसहरु मध्ये सवै भन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ बर्षको उमेरमा शनिबार निधन भएको छ । स्थानीय अधिकारीहरुले एएफपी समाचार समितिलाई आइतबार सो जानकारी दिएका छन् ।

संसदको बैठक विपक्षी दलद्वारा वहिस्कार - 2018-04-21

महेन्द्रप्रसाद सापकोटा, टोकियो:प्रधानमन्त्री शिन्जो आबेसंग सम्बन्धित जमिनको विवाद लगायत सरकारविरुद्धका अन्य स्क्यान्डललाई सरकारले सम्बोधन नगरेको भन्दै जापानका विपक्षी दलका नीतिनिर्माताहरुले शुक्रबारको संसदको बैठक वहिस्कार गरेका छन् ।

सिरियाली हमला उत्तर कोरियालाई सन्देश : जापानी रक्षा मन्त्री - 2018-04-21

एजेन्सी : अमेरिकी नेतृत्वमा सिरियामा भएको हवाइ हमलाले उत्तर कोरियालाई पनि सन्देश दिएको जापानी रक्षा मन्त्रीले शुक्रबार बताएका छन् । सिरियाली राष्ट्रपति बसार अल असादविरुद्ध गरिएको हमलाले टम्पको उत्तर कोरियासंगको वार्तालाई सुदृढ गर्ने अवलोकनकर्ताले सुझाव दिएका छन् ।

जापानमा पिशावबाट क्यान्सर पत्ता लगाउने विधिको परिक्षण - 2018-04-20

महेन्द्रप्रसाद सापकोटा, टोकियोविश्वमै पहिलोपटक पिशावबाट क्यान्सर पत्ता लगाउने विधिको परिक्षण जापानको एक कम्पनीले गर्ने भएको छ । सुचना प्रविधि तथा इन्जिनियरिङ कम्पनी हिताचीले दुइ वर्ष अघिनै पिशावको नमुनाबाट स्तन तथा आन्द्रको क्यान्सर पत्ता लगाउने आधारभुत प्रविधिको विकास गरेको थियो ।

अमेरिकी व्यापार नीति प्रति चीन र जापान चिन्तित - 2018-04-18

एजेन्सी : जापान र चीनका मन्त्रीले विश्व अर्थतन्त्रमा पछिल्लो समय अमेरिकाले चालेको ब्यापार नीतिका कारण विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव पर्न सक्ने चिन्ता ब्यक्त गरेका छन् झन्डै आठवर्षपछि चीन र जापानका मन्त्री आर्थिक विषयमा छलफलमा जुटेका छन्। टोकियोमा जारी वार्ताको सुरुवात गर्दे जापानका विदेश मन्त्री तारो कोनो र चीनका समकक्षी वांग यीले संयुक्त रुपमा वार्ताको अध्यक्षता गरेका थिए।

चिनियाँ आक्रमणको आशंकामा दोस्रो विश्वयुद्धपछि जापानले गर्यो नौसेना तैनाथ - 2018-04-08

एम्फिबियस रेपिड डिप्लोएमेन्ट ब्रिगेडका करिव १५०० सदस्य तैनाथ चीनको आक्रमणको उच्च जोखिममा रहेका इस्ट चाइना सीको तटीय क्षेत्रमा रहेका जापानी टापुहरुको सुरक्षा सुदढ पार्नका लागि जापानले दोस्रो विश्वयुद्धपछि पहिलोपटक शनिबार नौसेना तैनाथ गरेको छ ।

जापानमा गैरकानुनी ड्रोन उडानमा दोब्बर बृद्धि - 2018-04-06

एजेन्सी : २०१७ मा जापानमा ड्रोनको गैरकानुनी प्रयोग ६८ पटक भएको र यो आँकडा पछिल्लो वर्ष ३६ रहेकोमा यस वर्ष करिव दोब्बर बृद्धि भएको प्रहरीले बताएको छ । पछिल्लो वर्ष ३७ जनालाई उक्त क्रियाकलापका लागि कारवाही गरिएकोमा यस वर्ष ७७ जनामाथी कारवाही भएको बताउँदै सामानको डेलिभरीको समयमा नियमनका लागि सार्वजनिक सचेतनामा सुधार गरिनुपर्ने राष्ट्रिय प्रहरी एजेन्सीले ( एनपिए ) बताएको छ ।

माउन्ट शिन्मोइमा शक्तिशाली ज्वालामुखी विस्फोट - 2018-04-06

एजेन्सी : दक्षिण पश्चिम जापानमा रहेको माउन्ट शिन्मोइमा विहिबार निकै शक्तिशाली ज्वालामुखी विस्फोट भएको जापान मौसम विज्ञान विभागले बताएको छ । विभागका अनुसार उक्त विस्फोटबाट करिव पाँच हजार मिटर माथीसम्म खरानी फैलिएको थियो । दक्षिण पश्चिमी जापानको मियाजाकी रर कागोशिमा प्रान्तमा रहेको १४२१ मिटर अग्लो पहाडमा मार्च २५ पछिकै शक्तिशाली विस्फोट भएको विभागले बताएको छ ।

आर्थिक वर्ष २०१८ का लागि जापानद्वारा ९ खर्ब २६ अर्ब डलर बजेट पारित - 2018-03-29

देशको बढ्दो बृद्ध जनसंख्या र उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र चुनौतिको सामना गर्न जापानी संसदले आर्थिक वर्ष २०१८ का लागि ९ खर्ब २६ अर्ब डलर बराबरको बजेट पारित गरेको छ । आइतबार सुरु हुने आर्थिक वर्षका लागि सामाजिक सुरक्षातर्फ ३२ खर्ब ९७ अर्ब जापानी येन , रक्षा तर्फ ५ खर्ब १९ अर्ब येन विनियोजन गरेको छ ।

नेपाली नयाँ बर्षको अवसरमा बाग्लुङ समाजले सांगीतिक कार्यक्रम गर्ने - 2018-03-27

गोल्डेन वीक तथा नेपाली नयाँ बर्षको अवसरमा बाग्लुङ समाजले सांगीतिक कार्यक्रम गर्ने भएको छ । आगामी अप्रिल २९ तारिक आइतबारका दिन मेगुरो हलमा साझँ ६ बजे देखि रातको ९ बजेसम्म राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति सहितको सांगितिक कार्यक्रम गर्ने गरी बिभिन्न उप समिती गठन गरेको छ ।

हिमपातले अलपत्र परेका १३ जनाको उद्धार - 2018-03-23

महेन्द्र सापकोटा, टोकियो:टोकियोको एक पहाडमा घुम्न गएको बेलामा अचानकको हिमपातले अलपत्र परेका चीनियाँ नागरिक लगायत १३ जनालाई बिहिबार उद्धार गरिएको छ । १३ मध्ये हिँडेर तल झर्न नसक्ने ७ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको टोकियो प्रहरी र प्रकोप अधिकारीहरुले बताए । हेलिकप्टरबाट उद्धार गरिएको दृश्य जापानी टेलिभिजनले प्रसारण गरेको थियो ।

७ वर्षपछि जापानको एक आणविक रिएक्टर सुचारु - 2018-03-23

दक्षिण पश्चिमी जापानमा रहेको जेन्काइ आणविक उर्जा केन्द्रको एक आणविक रिएक्टर सात वर्षपछि शुक्रबार सुचारु भएको छ । २०११ को भुकम्प र सुनामीभन्दा तीन महिना पहिले सागा प्रान्तमा रहेको क्युसु विद्ययुतीय उर्जा कम्पनीको तेस्रो रिएक्टर नियमित अनुगमनका लागि स्थगन गरिएको थियो ।

श्रमिक अभावले चालु सिजन प्रभावित - 2018-03-06

एजेन्सी : स्थानान्तरण उद्योगमा जनशक्तिको निकै अभाव रहेको छ र यसले व्यस्त सिजनको सुरुवातसंगै मानिसहरुमा आफुले चाहेअनुसार अन्यत्र सर्न पाउने वा नपाउनेबारे उच्च चासो बढेको छ । कम्पनीहरु व्यक्तिगत परिवर्तनका लागि कार्यतालिकामा रहेका छन् तर उनीहरु कर्मचारीको स्थानान्तरणका लागि संघर्षरत रहेका छन् ।

हाइड्रोजन स्टेसनको संख्या दोब्बर गर्ने - 2018-03-06

चीन र जर्मनीबाट कार निर्माणमा प्रतिस्पर्धा बढेपछि जापानका प्रमुख कार निर्माताहरुले एकै स्थानमा रहेर जापानभर रहेका हाइड्रोजन स्टेसनको संख्या दोब्बर बृद्धि गर्ने सोमबार बताएका छन् ।

भियतनामी बालिका हत्याको सुनुवाइ जुन ४ बाट हुने - 2018-03-06

गत वर्ष जापानको चिबा प्रान्तमा भियतनामकी ९ वर्षिय बालिकाको हत्याको सुनुवाइ जुन चारबाट हुने चिबा जिल्ला अदालतले सोमबार बताएको छ । उक्त बालिका हराउँदा अभिभावक संघका प्रमुख रहेका ४६ वर्षिय यासुमासा शिबुया माथी हत्याको आरोप लाग्दा स्थानिय समुदाय चकित भएको थियो ।

एमसी ग्रुप जापानको नयाँ विजनेश - 2018-03-05

एमसी ग्रुप प्राली जापानले फेरी नयाँ विजनेश प्रारंभ गरेको छ । सन २०१८ को शुरुवातसँगै टोकियोको कामतामा एयर टिकेटिङ, रेस्टुरेष्ट, तथा अत्यावत्सकीय सामाग्रीहरु एउटै ठाउँमा पाउनेगरी नयाँ व्यवसाय प्रारंभ गरिएको ग्रुपका अध्यक्ष महेन्द्रप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

मार्च २१ मा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर - 2018-03-01

जापान: जापानमा रहेका नेपालीहरुको स्वास्थ्य स्थितिको सुधार र स्वास्थ्य सेवाको पहुँच सम्बन्धमा कृयाशिल रहेका नेपाली र जापानी चिकित्सक तथा बिज्ञहरुको सक्रियतामा, यही मार्च २१ बुधबार निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर हुने भएको छ ।

नाकाबन्दी उल्लंघन गरेको जापानी आरोप माल्दिभ्सद्वारा अस्वीकार - 2018-03-01

एजेन्सी : राष्ट्रसंघको प्रतिबन्ध विपरीत उत्तर कोरियाली ट्यांकरमा माल्दिभ्सले गैर कानुनी रुपमा सामान ओसारप्रसार गरेको जापानी विदेश मन्त्रालयको वक्तव्यलाइ माल्दिभ्सले अस्वीकार गरेको छ । जापानी वक्तव्य अनुसार अमेरिकाको नाकाबन्दी लक्ष्य अनुसार बनाइएको चोन मा सान शाङघाइबाट २५० किलोमिटर पूर्वतिर माल्दिभ्सको झण्डा बोकेको ट्यांकर जिन युआन १८ संगै देखिएको थियो ।








Powered by: Exclusively Solution