विचार




चुनावी चक्रव्यूहमा प्रचण्ड


प्रह्लाद लामिछाने:
मिति घोषणा गर्नु नै सबैथोक होइन तथापी, अहिले चुनावको मिति घोषणा भयो मात्रै भनेपनि चुनावै भए सरह लाग्न थालेको छ ।

 विद्यार्थीहरुको स्ववियु निर्वाचनको कार्यतालिका नै सार्वजनिक भै सक्दा फागुन १४ गते स्ववियु निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्यौलताअझै कायम छ । अन्तिम प्रहरमाआएर रोकिने हो कि भन्ने भयले विद्यार्थी नेताहरु सामुहिक दवाब दिन पुगेका छन् । पटक-पटक मिति घोषण भएर कार्यतालिका सार्वजनिक भएर पनि रोकिएको स्ववियु निर्वाचन यसपाल चाहिँ अवश्य होला भनेर ढुक्क हुने ठाउँ छैन ।

संविधानसभाको पहिलो र दोस्रो चुनाव गराउने बेला पनि यस्तै अन्यौलता कायम थियो । हुन्छ कि हुँदैन भन्ने अन्यौलताकै बिचबाट भएका थिए दुवै चुनाव । मिति घोषणा गर्दैमा चुनाव भइहाल्ने होइन । चुनाव भइहालेमा पनि ठूलो समुदायको विरोध र अवरोधमा भयो भने त्यस्तो चुनावको खास अर्थ रहँदैन किनकी त्यसले देशभर विग्रह निम्त्याउँछ । राजाको निरंकुतामा भएको चुनाव जस्तो हुनु हुँदैन । सकभर धेरैको अपनत्व हुने गरी निर्वाचनको तयारी गर्नुपर्छ । कुनै एउटा निश्चित क्षेत्र र समुदाय नै छुट्ने गरी निर्वाचनको आयोजना गरियो भने देशलाई राम्रो गर्दैन । सरकार तथा प्रतिपक्ष दलहरुले त्यतातर्फ सोच्नै पर्दछ ।

प्रधानमन्त्री प्रचण्ड यतिबेला ज्यादै तनावमा छन् । सत्तामा जाँदा जस्तो खुशीअहिले देख्न पाइन्न । केपी ओली सरकारलाई जे आरोप लगाउँदै उनी सत्तारोहण भएका थिए त्यहीआरोप उनलाई लगाउँदै अर्कोले विस्थापना गर्दैछ । अर्थात् संविधान कार्यान्वयन, निर्वाचन र भुकम्प प्रभावितहरुका लागि राहत तथा पुननिर्माण गर्न नसकेको भनेर उनले ओलीलाई आरोपित गरे तर ती मुद्दा हल गर्न उनले पनि सकेनन् । सत्तामा जान गरेको हतासेको औचित्य पुष्टि गर्न प्रधानमन्त्री प्रचण्डले सकेका छैनन् । दिन गन्ती सुरु भइसक्यो तर काम केही हुन सकेको छैन । संविधान संसोधन प्रक्रिया अलपत्र छ । संविधान संशोधनमा विपक्षीहरुलाई विश्वासमा लिनु त कता हो आफ्नै दलको समेत पुर्ण विश्वास जित्न सकेका छैनन् । सरकारमा सहभागी दलहरुकाबिच पनि मतैक्यता छैन । अनि जसका लागि संविधान संशोधनको जोखिम मोलेका हुन् ती दलहरु पनि खुसी छैनन् । यस्तो अप्ठेरो परिस्थिति कसरी निर्माण भयो सरकारले गम्भीर समिक्षा गर्नु जरुरी छ । संविधान संशोधन, कार्यान्वयन, चुनाव र पुननिर्माण सबै काम अलपत्र छोडेर सत्ताबाट बहिर्गमन हुनपर्यो भने इतिहासमै सबैभन्दाअसक्षम, असफल प्रधानमन्त्रीको रुपमा दरिन पुग्नेछन् । त्यतातर्फ प्रधानमन्त्री प्रचण्ड कति चिन्तित छन् थाहा छैन तर जनता साह्रै चिन्ता र निराशामा छन् । देशको कार्यकारी प्रमुख असफल हुनु भनेको देश असफल हुनु हो ।

प्रधानमन्त्री प्रचण्डको नियति किन पटक-पटक असफलतातिर उन्मुख हुन्छ उनले गम्भीर आत्मसमिक्षा गर्नु उपयुक्त हुन्छ । १० वर्षे लडाइमा खासै हार व्यहोर्नु नपरेका उनी शान्ति प्रक्रियामा आएपछि किन पटक-पटक हारिरहेका छन् । यसको समिक्षा उनी आफैँले गर्नु जरुरी छ । अरुलाई दोषारोपण गरेर मात्रै उम्किन मिल्दैन । किनकी हरेक घटनाका पछाडि आन्तरिक पक्ष नै निर्णायक हुन्छ । खासगरी बोल्ने एउटा गर्ने अर्कै वा बोलेका कुरा पुरा नगर्ने नेताको परिचय बनाएका प्रचण्ड यहि स्वभावका कारण पटक-पटक माथ खाइरहेका छन् । सबैलाई खुसी पार्न खोज्दा कसैको पनि हुन नसक्ने नियतीबाट प्रधानमन्त्री प्रचण्ड बच्न सकिएको देखिएन । मधेसीसँग लभ परेको केहि महिनामा नै बिछोड भयो । आदिबासी जनजातिहरुसँग गहिरो प्रेम नहुदैँ सम्बन्ध-बिच्छेद हुनपुग्यो । कसैले पनि गहिरो विश्वास गर्न नसक्ने अथवा विश्वासलाई टिकाई राख्न नसक्ने नेताको छवि उनको आफ्नै बोली र व्यवहारका कारण बन्न गएको हो । खासगरी बोली र व्यवहारमा तादाम्यता नहुँदा उनको विश्वसनियता गुम्दै गएको हो ।

प्रधानमन्त्री प्रचण्ड अहिले तिव्र दवाब र तनावमा छन् । संविधान संशोधन नभई चुनाव गर्न दिन्नौं भन्ने एमाले लगायतका दलहरुको चेपुवामा परेर घरको न घाटको हुने अवस्थामा प्रचण्ड पुगेका छन् । मधेसवादी मोर्चासँग संशोधन नगरी चुनाव गर्दिन भन्ने अनि एमालेसँग चुनावको मिति घोषणा नगरी संशोधन गर्दिन भन्ने परष्पर विपरीत आश्वासनको शिकार स्वयम् प्रधानमन्त्री भएका छन् । के काम पहिलो प्राथमिकतामा हो भन्ने बुझेर त्यसैमा अडान कस्न नसक्दा पटक-पटक असफल हुने गरेका छन् प्रचण्ड । यदि चुनाव नै सर्वोपरी आवश्यकता हो भने दायाँबायाँ नहेरी चुनावको मिति घोषणा गरे हुन्छ । संशोधन जे सुकै होस् । एमाले लगायतका दलहरुले त्यसमा साथ दिन्छन् । यदि चुनावअघि संशोधन आवश्यक लाग्दछ भने संशोधन नभएसम्म चुनावको मिति घोषणा गर्दिन भनेर अडान कस्न सक्नुपर्थ्यो । मधेसवादी लगायतका दलहरुको त्यसमा साथ रहला । यता पनि ठिक्क उता पनि ठिक्क हुन खोज्दा कसैको पनि नहुने अवस्था आएको छ ।

यो दुनियाँमा सबैको हुन किमार्थ सम्भव छैन भन्ने यथार्थ उनले बुझ्नु पर्‍थ्यो । नारायणकाजी निवासमा एमाले अध्यक्ष ओलीलाई भेटेपछि नेपाली काँग्रेस झस्केको छ । पहिले नै सौदा भए बमोजिम सरकारको दिनगन्ती सुरु हुँदा पुनः एमालेसँगको गोप्य भेटघाटले काँग्रेस झस्कनु स्वभाविक छ । हिजो प्रचण्डलाई दिएको आश्वासन ओलीले पुरा नगरेझैँ आज देउवालाई दिएको आश्वासन प्रचण्डले पुरा नगर्न पनि सक्छन् । किनकी नेपाली राजनीतिमा घिउ बेचुवा र तरबार बेचुवाको बिगबिगी छ । आफ्नो स्वार्थ सकिने बित्तिकै खुट्टा झिक्ने चलन जो बनेको छ । जे सुकै भएपनि २०७४ माघ ८ गतेको खड्गो पार गर्न त्यस अगावै ३ तहको निर्वाचनमा जानु राज्यको बाध्यकारी व्यवस्था हो । समय घर्किनै लाग्दा समेत स्थानीय चुनाव पहिले कि संविधान संशोधन पहिले, स्थानीय तहको चुनाव कि स्थानीय निकायको चुनाव भन्ने बारेमा नै अन्यौल रहनु लाजमर्दो हो । चुनाव गराउने कि नगराउने, संशोधन अगाडि बढाउने कि नबढाउने अन्योलता पालेर प्रधानमन्त्री प्रचण्डले सरकार चलाउन सक्दैनन् । ओलीले जस्तै सम्मानजनक बर्हिगमनको उपाय खोज्दा राम्रै हुन्छ । 




Related Pictures:













Related News:

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला - 2017-09-12

जय र लक्ष्मीको मृत्युदण्ड सार्वजनिक - 2017-09-12

निडर कंगनाको चलचित्र निर्देशन गर्ने चाहना - 2017-09-12

प्रधानमन्त्री देउवा आज २ नम्बर प्रदेशको चुनावी सभा गर्न त्यसतर्फ - 2017-09-12

रौतहटमा निर्वाचन आचारसंहिताको गंभीर उलंघनमा दलहरुको प्रतिस्पर्धा - 2017-09-10





१५ मित्रको आरोपपत्रः कति भ्रम, कति सत्य ? - 2017-08-17

डम्बर खतिवडानयाँ शक्ति पार्टी, नेपालमा यतिखेर रोचक अन्तर्संघर्ष चर्किएको छ । हुनतः नेपाली राजनीतिको कुल क्षेत्रफलमा यो बहसले कत्रो हिस्सा ओगट्ला भन्ने प्रश्न उठ्छ नै ।

मुलुक नयाँ चरणमा प्रवेश गरोस् - 2017-04-14

नयाँ वर्ष २०७४ सुरु भएको छ । केही कष्टकर, केही आशा र केही आशंकाको बादलकाबीच बितेको २०७३ सालको सबभन्दा ठूलो उपलब्धी भनेको स्थानीय तहको निर्वाचन घोषणा हो ।

आसन्न स्थानीय निर्वाचन र भू-राजनीतिको खतरनाक प्रयोग - 2017-03-22

प्रेम दाहाल: संविधान निर्माणमा ‘ब्रेक–थ्रु’ मानिएको मुख्य राजनीतिक दलहरूबीचको १६ बुँदे सहमति, संविधानप्रतिको स्वामित्व आन्तरिक शक्तिहरूमै राख्ने दलहरूको अठोट

फेरि हतियार उठाउने अवस्था आउन दिन हुन्न: बाबुराम भट्टराई - 2017-03-15

नयाँ शक्तिको विचार केवल नयाँ पार्टी वा नयाँराजनीतिमात्रै नभएर सिंगै समाजलाई लोकतान्त्रीकरण गर्ने स्वाभाविक प्रक्रियाका साथै बुलेटबाट व्यालेटमा रुपान्तरण गर्ने एक महान अभियान पनि हो ।नयाँदिल्ली: नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले फेरि हतियार उठाउने अवस्था आउन दिन नहुने बताएका छन् । नयाँ दिल्लीमा जारी काउन्टर टेरोरिज्म सम्बन्धी सम्मलेनमा ‘बुलेट टु ब्यालेट’ विषयमा आफ्नो प्रस्तुती राखेका भट्टराईले भने- मैले बुलेटमा देखिएको किनारालाई पछाडि छोड्ने साहस बटुल्दै विश्व समाजलाई ब्यालेटको माध्यमवाट प्रगतिशील विश्वमा परिणत गर्ने महासागर तर्ने प्रयत्न गरिराखेको छु ।’

सप्तरी,कञ्चनपुरको संकेत - 2017-03-15

प्रह्लाद लामिछाने:एमालेको मेची-महाकाली अभियानको क्रममा सप्तरीमा भएको दुःखद घटना र कञ्चनपुरको सिमानामा भारतीय सीमा सुरक्षा बलको गोली लागेर नेपाली युवक गोविन्द गौतमको मृत्यु भएको खबरले देश नै शोक र आक्रोशमा डुबेको छ ।

चुनावी चक्रव्यूहमा प्रचण्ड - 2017-02-13

प्रह्लाद लामिछाने:मिति घोषणा गर्नु नै सबैथोक होइन तथापी, अहिले चुनावको मिति घोषणा भयो मात्रै भनेपनि चुनावै भए सरह लाग्न थालेको छ ।

जनता रुवाउने प्रस्ताव किन ल्यायो सरकारले ? - 2017-02-09

रामेश्वर खनाल:आर्थिक वर्ष २०६४/६५ अघि भारतमा ढुंगागिट्टीको जति माग थियो, त्यो भारतीय स्रोतबाटै परिपूर्ति हुन्थ्यो। त्यसबेला उत्तरप्रदेश र बिहारमा अहिलेजस्तो व्यापक विकास–निर्माणका काम भएका थिएनन्। यी दुई राज्यमा निर्माणका लागि चाहिने ढुंगागिट्टी झारखण्ड र उत्तराखण्डबाट आपूर्ति हुन्थ्यो।

हामी किन गरिब भयौं ? - 2017-01-20

डा. बाबुराम भट्टराई:गरीब र धनी भन्ने कुरालाई पनि सापेक्षतामै हेर्नुपर्छ । मानव जातिको उत्पत्तिदेखिको कुरा गर्ने हो भने नेपाल नाम गरेको जुन भूखण्डमा हामी बस्छौं, हामी सबै करीब ७० हजारदेखि एकलाख वर्ष पहिले अफ्रिकाबाट फैलिँदै गएको होमोस्यापियन्स जातिको नरवानरको सन्तान हौं ।

संविधान संशोधनमा अल्झेको राजनीति - 2016-12-27

भीष्मराज ओझा:संविधानको स्वीकार्यता बढाउन सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गरेसँगै प्रमुख राजनीतिक दलहरुबीच ध्रुवीकरण बढ्दै गएको छ ।

केसीविरुद्धको प्रपञ्च: व्यावसायिकता मार्ने षडयन्त्र - 2016-11-30

चैतन्य मिश्र:डा. गोविन्द केसी सदाचार, मानवीयता र व्यावसायिक निष्ठाका प्रतिमूर्ति हुनुहुन्छ। लोभ–लालचले उहाँको जीवनलाई कहिल्यै छुन सकेन। गाउँ-सहर, देश-विदेश, भूकम्प-बाढी सबै ठाउँ र अवस्थामा रहेका बिरामीको सेवामा उहाँ जीवनभर तल्लीन रहनुभयो।

म्यादी वकिलको चंगुलमा न्यायपालिका - 2016-11-21

पूर्ण कार्की:अहिले सर्वोच्च अदालतका न्यायाधिश गोपाल पराजुलीको संयोजकत्वमा न्यायाधिश चोलेन्द्रशमशेर राणासहित पाँचजनाको उपसमिति गठन गरेर अधिवक्ताहरु मध्येबाट बरिष्ठ अधिवक्ताको उपाधि दिने व्यक्तिहरुको नाम सिफारिसका लागि छनौट गर्ने काम भइरहेको छ ।

शान्ति सम्झौताका दश वर्ष - 2016-11-20

दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौताको दश वर्ष पूरा भएको छ । तर विस्तृत शान्ति सम्झौताको परिकल्पना र चाहनाअनुसार शान्ति प्रक्रियाका मूलभूत काममा खासै प्रगति भएको छैन ।

सरकारका १०० दिन - 2016-11-11

प्रधानमन्त्री प्रचण्ड ९ महिनाको म्याद बोकेर प्रधानमन्त्रीको कुर्सीमा पुगेका हुन् । उनले गर्नुपर्ने धेरै थियो । उनको पार्टीका लागि गुमेको साख फर्काउन करिब अन्तिम अवसर पनि हो यो ।

चिनियाँ रेल नेपाल हुँदै भारत पुर्‍याउन सम्भव छ - 2016-10-28

डा. बाबुराम भट्टरार्इ: विगत दशकहरुमा एशिया सामाजिक-आर्थिक विकासमा पछाडि परेको थियो। तर अहिले विश्व अर्थतन्त्रको केन्द्रबिन्दू नै एशिया बन्दै अएको छ। हामीले यस दाबीलाई अतिरन्जनाका रुपमा लिनहुँदैन। अब हामीले विश्वव्यापी रूपमा सोच्नुपर्छ, विगतको सफलता र असफलताको घेरा भन्दा पर।

‘देशभक्त जनगणतान्त्रिक मोर्चा’बारे - 2016-09-22

सिपि गजुरेल: २०७३ भाद्र २६ र २७ गते देशका समग्र भागबाट सहभागी प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको एउटा राष्ट्रिय भेलाले ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’ गठन गरेको समाचारले नेपालको राजनीतिक बृत्तमा निकै चर्चा पायो ।

कपिलवस्तु देखि पूर्व मधेश प्रदेश र पश्चिम थरूहट प्रदेश हुुनुपर्छ - 2016-09-19

प्रभु साह/संविधानलाई सर्वस्वीकार्य बनाउने प्रमुख काम यो सरकारको छ । सबैलाई स्वीकार हुने गरी संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकता छ ।

यसरी लेखियो अविराम बाबुराम - 2016-09-02

-अनिल थापा : पातलो जिउ, हल्का लामो कोट, तारा चिह्न भएको रातो क्याप । ३० जेठ २०७३ मा दशरथ रङ्गशालामा नयाँ शक्ति नेपाल, पार्टी घोषणा गर्दा उपस्थित केहीले बाबुराम भट्टराईलाई चे ग्वेभारासँग तुलना गरे ।

एमाले नेतृत्वकै अकर्मण्यता र प्रचण्डको ऋण - 2016-08-18

निमकान्त पाण्डे/केपी ओली नेतृत्वको वाम गठबन्धन सरकार ढल्नुमा माओवादी केन्द्र र नेपाली कांग्रेसको नेतृत्वलाई दोषारोपण गर्दै आएको नेकपा एमालेले आफ्नै कारणबाट वाम गठबन्धन ढलेको निष्कर्ष निकालेको छ । यो अत्यन्त सकारात्मक सन्देश हो ।

मधेसी जनतामाथिको ज्यादती - 2016-08-09

प्रेम कुमार :९५ सालमा प्रजा परिषदको सदस्य भएका स्वर्गाीय गणेशमान सिंहले नेपालको राणा विरोधी आन्दोलनलाई सघाउन जवाहरलाल नेहरुलाई आग्रह गरेको र व्रिटीस फौजले पक्राउ गरी तेहाड जेलमा राखिएका केआईसिंह, पूर्ण सिंह र दिलमानसिंह नेहरुको वहसपछि भारतीय अदालतबाट छुटेका थिए ।










Powered by: Exclusively Solution