जापान समाचार




छिमेकीसँग सम्बन्ध सुधार्दा जापानलाई फाइदा


जापानी प्रधानमन्त्री सिन्जो आवे शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न अमेरिका जाँदै
झाओ मिङहाओ: जापानी प्रधानमन्त्री सिन्जो आवे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न शुक्रबार अमेरिका जाँदै छन् । वास्तवमा जापानले यो भेट जनवरीको अन्त्यमा गर्न आग्रह गरेको थियो, ताकि आवे ट्रम्पलाई भेट्ने पहिलो सरकार प्रमुख हुने थिए । तर, ट्रम्पले बेलायती प्रधानमन्त्री थेरेसा मेलाई निमन्त्रणा गरे, जसले अमेरिका–जापान सम्बन्धभन्दा अमेरिका–बेलायत विशेष सम्बन्ध अझै हाबी छ भन्ने सन्देश दिन्छ ।


ट्रम्पको राष्ट्रपतित्वले आवे र धेरै जापानी रणनीतिकारलाई निराश बनाएको छ । विशेषतः ट्रान्स–प्यासिफिक पार्टनरसिप ९टिपिपी० बाट अमेरिकाको बहिर्गमन अबे सरकारका लागि ठूलो धक्का हो । टिपिपीका कारण ठूलो मात्रामा अमेरिकी कृषि उपजको ओइरो लाग्ने भएपछि चिन्तित जापानी किसानबाट जोडदार विरोधका बाबजुद अबेले टिपिपीको बखान गरिरहेका थिए । उनी यो पार्टनरसिपबाट चीनको बढ्दो प्रभावको प्रतिकार गर्न सकिन्छ भन्ने ठान्थे । उनले अन्ततः संसद्बाट यो सम्झौता पारित गराइछाडे तर अन्तमा अमेरिका बाहिरियो ।

योमियुरी सिम्बुन तथा सान्केई सिम्बुनजस्ता जापानी सञ्चार माध्यममा प्रकाशित टिप्पणी ट्रम्प प्रशासनको आलोचनाले भरिएका छन् । केही जापानी विद्वान्ले त ट्रम्पको नेतृत्वमा अमेरिका अन्तर्राष्ट्रिय व्यवस्था ध्वस्त पार्ने अग्रमोर्चामा रहेकोसम्म दाबी गरेका छन् ।

वास्तवमा जापानलाई चिन्तित बनाउने विषय टिपिपीबाट अमेरिकाको बहिर्गमन होइन, बरु जापानबारे उनको मिति गुज्रिएको विचार हो । जापानको आर्थिक उदयका कारण आएको चुनौतीको सम्बोधन गर्न रेगन प्रशासनले १९८० को दशकमा कडा व्यापार नीति लिएको थियो । ट्रम्प सरकारले नियुक्त गरेका अमेरिका व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरले रेगको प्रशासनमा उप व्यापारी प्रतिनिधिका रूपमा काम गरेका थिए ।

ट्रम्पले जापान सदैव अनुचित व्यापार अभ्यासमा संलग्न भएको, खासगरी अमेरिकी गाडीलाई जापान प्रवेशमा रोक्न अवरोध पुर्याएको आरोप लगाउँदै आएका छन् । ट्रम्पले दाबी गरेका छन्, जापानी बजारमा केवल ०।३ प्रतिशत गाडी छन् भने अमेरिकी बजारमा जापानी गाडीको हिस्सा ४० प्रतिशत छ ।

व्यापारसम्बन्धी विवादबाट बच्न जापानी गाडी निर्माताले उत्तरी अमेरिकामै कारखाना स्थापना गरे । अहिले ७० प्रतिशतभन्दा बढी जापानी गाडी उत्तरी अमेरिकामै बन्छन् । ट्रम्प सरकारले उत्तर अमेरिकी खुला व्यापार सम्झौता, नेफ्टामाथि पुनः वार्ता गर्नेतिर जोड दिइरहेका छन्, जसले विश्व आपूर्ति प्रणालीलाई नै प्रभाव पार्नेछ र यसको मूल्य जापानी कम्पनीहरूले पनि व्यहोर्नुपर्छ ।

सुरक्षाको मामलामा जापान अमेरिका–जापान गठबन्धनमा ट्रम्पले ल्याउन सक्ने अनिश्चितताबारे खुबै चिन्तित छ । ‘अमेरिका पहिला’ को नारा लगाउँदै ट्रम्पले लगातार अमेरिकाले पहिलेजस्तो विश्वको पुलिसजसरी काम नगर्ने बोलिसकेका छन् र उनका सहयोगीलाई सोहीअनुसार तयारी गर्न भनेका छन् । उनले खासगरी जापान र कोरियालाई त्यहाँ रहेका अमेरिकी सेनाको खर्चको हिस्सा व्यहोर्न भनिसकेका छन् ।

वास्तवमा, अमेरिकामाथि अति निर्भर रहँदासम्म जापानले ट्रम्प सरकारसँग वार्ता गर्दा हात माथि पार्न सक्दैन । अमेरिकालाई अझ बढी रोजगारी सिर्जना गर्न सहयोग गर्ने आश्वासन दिएर अबे ट्रम्पलाई फकाउन खोजिरहेका छन् भनिन्छ । जापान टाइम्सले गतसाता लेखेअनुसार जापानले अमेरिकी पूर्वाधार विकासमा सार्वजनिक अवकाश कोषको रकम प्रयोग गर्नेछ । गत जनवरीमा टोयोटा मोटरले आगामी पाँच वर्षमा अमेरिकामा १० अर्ब अमेरिकी डलर खर्च गर्ने घोषणा गर्‍यो ।

जापानले चीनलगायत एसियाली छिमेकीप्रति अपनाउने नीतिमा पुनर्विचार गर्न आवश्यक छ र क्षेत्रीय बृहत् आर्थिक साझेदारीको महत्वलाई पुनर्मूल्यांकन गर्नुपर्छ । जापानले चीनसँग सम्बन्ध सुधार्ने हो भने वासिङ्टनका अगाडि थप स्वतन्त्र ढंगले प्रस्तुत हुन सक्नेछ । दुर्भाग्य, अबेको नेतृत्वमा जापानले त्यस्तो दृष्टिकोण राख्ने सम्भावना छैन ।

-मिङहाओ चीनको थिंकट्यांक चारहर इन्स्टिच्युटका अध्येता हुन् ।





Related Pictures:













Related News:

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला - 2017-09-12

जय र लक्ष्मीको मृत्युदण्ड सार्वजनिक - 2017-09-12

निडर कंगनाको चलचित्र निर्देशन गर्ने चाहना - 2017-09-12

प्रधानमन्त्री देउवा आज २ नम्बर प्रदेशको चुनावी सभा गर्न त्यसतर्फ - 2017-09-12

रौतहटमा निर्वाचन आचारसंहिताको गंभीर उलंघनमा दलहरुको प्रतिस्पर्धा - 2017-09-10





तोचिगीस्थित नदीमा वेपत्ता भएका लोहनी अझै भेटिएनन् - 2017-08-18

टोकियो:घटना अगष्ट १२ तारिख शनिबारको हो । जापानमा यत्तिबेला गर्मी बिदा चलिरहेको छ । यो गर्मी छल्न प्रायः मानिसहरु नजिकका नदी वा समुद्रमा गइ पौडीको मज्जा लिने गर्छन् । त्यो दिन दिउँसो ३ बजेतिर लिखु गाउँपालिका, बर्राफेदी नुवाकोटका दिवाकर लोहनी र उनका पाँचसाथीहरु तोचिगी नजिकैको नदीमा पौडी खेल्न गएका थिए । तर पौडीको मज्जा लिँदै गरेका लोहनी एकाएक वेपत्ता भए ।

जापानले बनायो बोल्ने रियल डल यौन खेलौना - 2017-08-08

एजेन्सी:हार्मोनी एक नयाँ प्रकारको सेक्स डल हो जो हिँड्न मात्र होइन बोलचाल पनि गर्न सक्दछ । उक्त सेक्स डलको टाउको, परेला तथा ओँठ पुर्णरुपमा तयार त भैसकेको छैन र उसले गर्न सक्ने कुराकानी पनि सिमित मात्रामा छ, तथापि यो सेक्स डल रोबोटिक्सको क्षेत्रमा नयाँ क्रान्ति मानिएको छ । यो देख्दा पूर्ण मानव स्वरुप रहेको छ ।

भीमलाल खरेलको टोकियोमा डुवेर मृत्यु - 2017-07-18

टोकियो:जापानमा दुई दशक अघिदेखि रेष्टुरेन्ट व्यवसायमा संलग्न नेपाली व्यवसायी भीमलाल खरेलको टोकियोको एक खोलामा डुवेर मुत्यु भएको छ। उनको मृत्यु रहस्यमय रहेको बताईएको छ।

दक्षिण कोरियाद्वारा उत्तरसँग वार्ता प्रस्ताव, जापान निराश - 2017-07-18

दक्षिण कोरियाले उत्तर कोरिया संग राखेको वार्ताको प्रस्ताव प्रति जापानले निराशा प्रकट गरेकाे छ । जापानले उत्तर कोरिया माथि थप प्रतिबन्ध गर्नु पर्ने र दबाव दिनु पर्ने भन्दै दक्षिण कोरियाको प्रस्ताब माथि असन्तुष्टी जनाएको हो ।

जापानको हाकातामा नेपाली विद्यार्थीलार्इ लक्षित गरी आइएमर्इ क्योदार्इको शाखा स्थापना - 2017-07-07

टोक्यो (प्रस): जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशमा रेमिटेन्स कारोबार गर्दै आएको आइएमर्इ क्योदार्इ रेमिटेन्सले जापानको हाकातामा नयाँ शाखा विस्तार गरेको छ।

भूमिगत ग्याँस भण्डारबारे अध्ययन गर्न निगमको टोली जापान जादैं - 2017-07-05

काठमाडौं:पाइपलाइनबाट घरघरमा ग्याँसका लागि अध्ययन गर्न नेपाल आयल निगमको टोली आज जापान जादैछ । निगमका कार्यकारी निर्देशक गोपाल खडकाको नेतृत्वमा टोलि जापान जान लागेको हो । टोलिले भूमिगत ग्याँस भण्डारबारे पनि अध्ययन गर्नेछ ।

जापानी एनिमेशन चलचित्रलाई क्रिस्टल अवार्ड - 2017-06-19

रान्समा सम्पन्न अनैसी अन्तर्राष्ट्रिय एनिमेशन चलचित्र महोत्सवमा जापानको एनिमेशन चलचित्रले प्रथम पुरस्कार पाएको छ । ‘लु ओभर द वाल’ नाम गरिएको उक्त चलचित्रले क्रिस्टल अवार्ड पाएको हो । जुन अवार्ड त्यस महोत्सवको सवै भन्दा ठूलो अर्वाड मानिएको छ । ‘लु ओभर द वाल’ नामक उक्त चलचित्र मासाकी युअसाले निर्देशन गरेका हुन् ।

उत्तर कोरियाको मिसाइल परिक्षण विरुध अमेरिका र जापान एक साथ - 2017-04-13

अमेरिक र जापानले उत्तर कोरियाको मिसाइल परिक्षण विरुध एक साथ उभिने भएका छन् । उत्तर कोरियाले जापानी समुद्र तटमा मिसाइल परिक्षण पश्चात जापान र अमेरिका उत्तर कोरिया विरुध एक साथ उभिन लागेका हुन् ।

जापानमा ‘ओभर स्टे’ संस्कृति बढ्दो - 2017-03-22

जापान:गत वर्षको तुलनामा जापान आउने विदेशीहरुको संख्या अत्याधिक रुपमा वृद्धि देखिएको छ । उक्त वर्ष २३ लाख ८२ हजार ८ सय २२ जना विदेशी जापान आएका थिए । जुन अघिल्लो बर्षको तुलनामा ६.७ प्रतिशतले धेरै हो ।

जापानमा पहिलो समलिङ्गी नेता - 2017-03-21

विश्वमा समलिङ्गी नेता पाउने देशमा जापान पहिलो देश भएको छ । जापानले २५ बर्षीय तोमोया होसादालाई इरुमा शहरको नगर आयुक्तका रुपमा चुनेको छ । होसादाले नगर चुनाबको २२ सिटमा २१ सिट जते संगै आयुक्त पदको लागि चुनिएका हुन् ।

जापानको पूंजीगत खर्चमा वृद्धि - 2017-03-08

एजेन्सी:जापानको अर्थव्यवस्थाको पूंजीगत खर्च तीन बर्षमा लगभग एक चौथाइले बढेको छ । पुजीगत खर्च अक्टोबर देखि डिसेम्बर सम्ममा १.२ प्रतिशतले बढेको हो । जापानको अर्थव्यवस्थामा औसत वृद्धिदार भन्दा बार्षिक वृद्धिदर १।६ प्रतिशत भएपछि यसमा वृद्धि आएको हो ।

जापानमा राष्ट्रिय नायक अवार्डबाट नेपाली सम्मानित - 2017-02-22

प्रकाश पन्थी, जापान: विभिन्न विधामा उत्कृष्ट भएका आधारमा गरिने राष्ट्रिय नायक अवार्डबाट जापानमा एक नेपाली सम्मानित भएका छन्। सामाजिक काममा सक्रिय भएर उत्कृष्ट भएको भन्दै जापानको एक संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय युवा नायक अवार्डबाट पहिलोपटक नेपाली युवा ३७ वर्षका जिज्ञानकुमार थापा सम्मानित भएका हुन्।

जापानद्वारा चार अर्ब ५३ करोड अनुदान सहयोग - 2017-02-15

काठमाडौं: जापान सरकार पोखरामा खानेपानी आपूर्ति सुधार परियोजना कार्यान्वयनका लागि चार अर्ब ५३ करोड ९० लाख अनुदान सहयोग गर्न सहमत भएको छ। अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ सचिव डा शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले सम्झौता पत्रममा हस्तारक्षर गरे।

छिमेकीसँग सम्बन्ध सुधार्दा जापानलाई फाइदा - 2017-02-08

जापानी प्रधानमन्त्री सिन्जो आवे शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न अमेरिका जाँदै झाओ मिङहाओ: जापानी प्रधानमन्त्री सिन्जो आवे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न शुक्रबार अमेरिका जाँदै छन् । वास्तवमा जापानले यो भेट जनवरीको अन्त्यमा गर्न आग्रह गरेको थियो, ताकि आवे ट्रम्पलाई भेट्ने पहिलो सरकार प्रमुख हुने थिए । तर, ट्रम्पले बेलायती प्रधानमन्त्री थेरेसा मेलाई निमन्त्रणा गरे, जसले अमेरिका–जापान सम्बन्धभन्दा अमेरिका–बेलायत विशेष सम्बन्ध अझै हाबी छ भन्ने सन्देश दिन्छ ।

अमेरिकी सैन्य अड्डाको निर्माण सुरु: स्थानियको विरोध प्रदर्शन जारी - 2017-02-08

ओकिनावामा:जापानको रक्षा अधिकारीहरुले आपतकालिन अमेरिकी सैन्य हवाई अड्डा स्थानन्तरण गर्नेको लागि ओकिनावा समुद्र तटको जमिन खाली गर्ने लागेको छ । जसको कारणले स्थानिय बासिन्दाहरुले विरोध जारी राखेका छन् ।

पाँच बर्ष पछि जापानमा बास्तविक आम्दानीमा वृद्धि - 2017-02-08

रोजगारको आकर्षक गन्तव्य बनिरहेको जापानमा बास्तविक आम्दानीमा पनि वृद्ध भएको छ । जापान सरकारको एक तथ्याङकले देखाए अनुसार जापानमा पाँच बर्ष पछि पहिलो पटक बास्तविक आम्दानीमा वृद्धि देखिएको हो ।

मन्त्री थकालीसँग जापानी राजदूतको भेटवार्ता - 2017-01-09

काठमाडौं:वाणिज्यमन्त्री रोमी गौचन थाकालीसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले भेटवार्ता गरेका छन्। मन्त्री थकालीको कार्यकक्ष सिंहदरबारमा आज भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय हित र आर्थिक सहयोगका साथै व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ।

जापानले बनाइदिएको नमूना राजमार्ग जोखिमपूर्ण - 2017-01-09

दिपा भण्डारी, सिन्धुली: मध्य तथा पूर्वी पहाडलाई काठमाडौँसँग जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको वीपी राजमार्ग जापानले नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरेको २ वर्ष नपुग्दै जीर्ण बन्न थालेको छ । अत्याधिक गतिमा चल्ने ट्रिपर र अधिक भारका कारण विगि्रएको सकडको यात्राजोखिमपूर्ण बन्दै गएको छ । साँघुरो सडकमा ठूला ट्रक र ट्रिपर अनियन्त्रित ढंगले गुड्दा वीपी राजमार्गको यात्रा जोखिमपूर्ण बनेको हो ।

प्रवासी नेपाली मञ्च जापानको अध्यक्षमा श्रेष्ठ - 2016-11-29

सन्तोष चोखाल: नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मंच (ओएनएफ) जापानको अध्यक्षमा महेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठलाई निर्विरोध निर्वाचित गराउँन ठुलै रस्साकसी भएको थियो । सुरूमा अध्यक्षको प्रत्यासीको रूपमा ५ जनाले दावेदारी प्रस्तुत गरेका थिए ।

गोरखा समाज जापानको अध्यक्षमा भट्टराई - 2016-11-29

टोकियो: गोरखाबाट जापान आई विभिन्न पेशा व्यवसाय, अध्ययन लगायतमा आवद्व रहेका गोर्खालीहरुको सामूहिक पहलमा गोरखा समाज जापानको ‘प्रथम अधिवेशन सम्पन्न गरिएको छ । समाजको नोभेम्वर २७ तारिखमा सम्पन्न अधिवेशनले चुडामणि भट्टराईको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

विदेशी कामदारलाई स्थायी आवास अनुमति पत्र वितरण सहज बनाइने - 2016-11-18

टोकियो: जापानमा व्यापार व्यवसाय गर्दै आएका विदेशी व्यवसायी र श्रममा संलग्न रहेका विदेशी कामदारलाई स्थायी आवास अनुमति पत्र वितरण सहज बनाउने तयारी गरेको छ । । जापान सरकारले सन् २०१७ को मार्च देखि लागु हुनेगरि यो प्रक्रिया सुरु गरेको हो । ।










Powered by: Exclusively Solution