खेलकुद




झापा गोल्डकपः उपाधि यात्रामा मनाङको ह्याट्रिक


झापा:
पछिल्लो सिजनमा जारी फूटवल प्रतियोगितामा मनाङ मस्र्याङ्दीले उपाधि यात्रामा ह्याट्रिक गरेको छ । सोमवार झापामा जारी रमपम झापा गोल्डकप जितेसँगै मनाङले उपाधि यात्रामा ह्याट्रिक पूरा गरेको हो । २ माघमा सुदूरपश्चिमको धनगढीमा सम्पन्न खप्तड गोल्डकपको उपाधि जितेको मनाङले पोखरामा भएको आहा–रारा गोल्डकपको पनि उपाधि जितेको थियो ।
उसले सोमवार स्थानीय डोमालाल रंगशालामा भएको अन्तिम प्रतिस्पर्धामा आयोजक झापा ११ लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । सेमिफाइनल चरणमा आर्मीलाई १–० ले पराजित गरी मोफसलकै सशक्त टिमका रुपमा स्थापित भएको झापा ११ सँग उपाधि होडको अन्तिम भिडन्तमा मनाङ तीव्र दवावमा थियो । तर उत्कृष्ट खेल प्रदर्शन गर्दै उसले उपाधिसँगै सातलाख रुपैयाँ पुरस्कार पाएको छ ।

जारी सिजनमा झापा ११ र मनाङ पहिलोपटक उपाधि भिडन्तमा उत्रिएका थिए । गत वर्ष भएका दुई खेलमा झापामाथी मनाङ हावी भएको थियो । अर्को महिना बंगलादेशमा हुने शेख कमल इन्टरनेसनल क्लब कपको तयारीमा रहेको मनाङले विगतमा झापासँग भएका छ वटा प्रतिस्पर्धामा चारपटक जीत निकालेको थियो । सोमवारको अन्तिम प्रतिस्पर्धामा उपविजेता बनेको झापा–११ ले नगद तीन लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनु परेको छ । झापा–११ अघिल्लो पटकको झापा गोल्डकपमा पनि उपविजेतामा सीमित बन्दै त्रिभुवन आर्मीसँगको हार स्वीकार्न बाध्य भएको थियो । १२ हजार भन्दाबढी घरेलु दर्शकको साथ पाएर पनि झापाले पटक पटकका अवसर सदुपयोग गर्न सकेन ।




Related Pictures:













Related News:

एमालेका शीर्ष नेता अस्पतालमा, आजका सवै चुनावी कार्यक्रम स्थगित - 2017-11-19

प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने, ४ बजेपछि पशुपतिमा अन्त्यष्टि गरिने - 2017-11-19

प्रकाश दाहालको मृत्यु ‘सुतेकै ठाउँमा’ - 2017-11-19

नुवाकोटमा शक्तिशाली एम्बुस विष्फोट, ५ जना कांग्रेस कार्यकर्ता घाइते - 2017-11-17

महरा, ओनसरी र पुनलाई लक्षित गरेर रेड बुल बम विस्फोट - 2017-11-17





मलेसियामाथि नेपालको सानदार जीत : साहले छक्का हान्दै जीत दिलाए - 2017-11-14

एसीसी यू १९ एसिया कपको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि आठ विकेटको शानदार जित हासि गरेको छ । मलेसियाले प्रस्तुत गरेको ४६ रनको झिनो लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर हासिल गरेको हो । ओपनर अनिल कुमार शाहले अन्तिम बलमा छक्का हान्दै नेपाललाई जीत दिलाए ।

यू-१९ राष्ट्रिय टोलीको कप्तानी दिपेन्द्रलाई - 2017-08-27

मलेसियामा हुने एसीसी यू-१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । टोलीमा कप्तानीको जिम्मेबारी दिपेन्द्रसिंह एेरीले पाएका छ्न् । सिनियर क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र यू-१९ प्रशिक्षक बिनोद दासले १४ नियमित र ४ अतिरिक्त खेलाडी सम्मिलित नेपाली टोलीको छनौट गरेका छन् ।

भारतले क्रिकेट हारेपछि तोडफोड, नाराबाजी र पुत्ला दहन - 2017-06-19

आक्रोश क्रिकेटर बिराट कोहलीप्रति थियो आइसीसी च्याम्पियन ट्रफीमा आफ्नो मुलुकले चीर प्रतिद्वन्द्वी पाकिस्तानसँग १८० रनको फराकिलो अन्तरसहित नराम्रो हार ब्यहोरेपछि भारतीय जनताले क्रिकेट टीमप्रति आक्रोश पोखेका छन् । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाका अनुसार कानपुरका जनताले सडकमै उत्रिएर भारतीय क्रिकेट टीमको बिरोधमा नाराबाजी गरेका हुन् ।

आइपीएल क्रिकेटः कोलकाता शीर्षस्थानमा, पुणे पराजित - 2017-04-27

काठमाडौं:इन्डियन प्रिमियर लिग (आइपीएल)मा पुणेलाई हराउँदै कोलकाता शीर्ष स्थानमा उक्लिएको छ । गएराति पुणेमा भएको खेलमा कोलकाता नाईट राईडर्सले राइजिङ पुणे सुपरजाइन्ट्सलाई ७ विकेटले हराएको हो ।

विशाल मेमोरियल कपमा आज आर्मी र जनजागृतीबीच प्रतिस्पर्धा हुदै - 2017-04-27

वीरगन्ज:वीरगन्ज जारी प्रथम विशाल मेमोरियल कप फुटबलमा आज त्रिभुवन आर्मी र जनजागृती युवा क्लब सिमराबीच प्रतिस्पर्धा हुदैछ । फाइनल प्रवेशका लागि आर्मी र जनजागृती बीचको खेल स्थानीय नारायणी रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुनेछ ।

आईपीएलः मुम्बईको रोमान्चक जित, दिल्ली पराजित - 2017-04-23

एजेन्सी: इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इण्डियन्सले रोमान्चक जित हात पारेको छ। मुम्बईले १ सय ४२ रनको कम योगफलमा पनि दिल्ली डेयरडेभिल्सलाई १४ रनले हराएको हो।

रोनाल्डोमाथि बलात्कार आरोप - 2017-04-17

एजेन्सी:पोर्चुगल तथा रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले एक महिलालाई बलात्कार गरेको आरोप जर्मन पत्रिका डेर स्पिएगलले लगाएको छ ।

आइपिएलबाट १० स्टार खेलाडी बाहिरिए - 2017-04-04

एजेन्सी:इन्डियन प्रिमियर लिग(आइपिएल) को १०औं संस्करण भोलीदेखि सुरु हुँदैछ। यस्तो अवस्थामा क्रिकेट समर्थकका लागि दुःखको कुरा, भारतका केही स्टार खेलाडी चोटका कारण यसपालिको आइपिएलको सुरुवातको खेलमा अनुपस्थित रहनेछन्। अनुपस्थिति रहने स्टार खेलाडीमा सबैभन्दा अगाडि कप्तान विराट कोहलीको नाम छ। अस्ट्रेलियाविरुद्ध तेस्रो टेस्टमा काँधमा चोट बोकेका विराट अहिलेसम्म फिट देखिएका छैनन्। उनले चोटकै कारण चौथो टेस्ट पनि गुमाएका थिए।

नेपालले इमर्जिङ कप खेल्ने, यूएईको सट्टा मलेसियाले मौका पायो - 2017-02-24

काठमाडौं:नेपालले एसीसी इमर्जिङ कप खेल्न पाउने भएको छ । चैत १२ देखि बंगलादेशमा हुने यो प्रतियोगितामा भारत र पाकिस्तानसहित ४ टेष्ट देशको यू-२३ वा ए टिमसहित ८ देशले भाग लिनेछन् ।

आइपिएलका मंहगा खेलाडी, १४ करोड ५० लाख भारूको बोली - 2017-02-20

एजेन्सी:इण्डियन प्रिमियर लिग(आइपिएल) को खेलाडी किनबेच सोमबार बेङ्लुरुमा सुरु भएको छ। यस वर्षको आइपिएलका लागि १० खेलाडीको अघिल्लो लिलामीमा इङ्ल्यान्डका बेन स्टोक्सले सबैलाई पछि पारेका छन्। स्टोक्सका लागि भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको राइजिङ पूणे सुपरजाइन्ट्सले १४ करोड ५० लाख भारतीय रुपैयाँमा किनेको छ। उनी आइपिएल सिजन–१० को सबैभन्दा महंगो क्रिकेटर भएका छन्।

मेसीलाई अनुबन्धित गर्न १३ अर्ब ३० करोड खर्चिने सिटीको तयारी - 2017-02-19

म्यानचेस्टर सिटीले बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीलाई अनुबन्धित गर्न करिब १३ अर्ब ३० करोड रुपैयाँ खर्चिने तयारी गरिरहेको बेलायतबाट प्रकासित एक पत्रिकाले दावी गरेको छ। ‘मिरर’ पत्रिकाका अनुसार सिटी प्रशिक्षक पेप ग्वार्डिओलाको रोजाइँमा मेसी पहिलो नम्बरमा पर्छन्।

कप्तान पारसको शल्यक्रिया - 2017-02-19

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काको ‘एपेन्डिसाइटिस’ को सफल शल्यक्रिया भएको छ। चिकित्सकको राय बमोजिम केही समय स्वास्थ्य लाभ गर्नु पर्ने भएका कारण कप्तान खड्का भारतको आसन्न अभ्यास सत्रमा अनुपस्थित हुने छन्। नेपाली राष्ट्रिय टोली केन्यविरूद्ध विश्व क्रिकेट लिग च्याम्पियन्सिपको तयारीका लागि फागुन १३ गते नयाँ दिल्लीको नोयडा जाने कार्यक्रम रहेको छ।

पाथीभरा भलिबलको उपाधि पुलिसलाई - 2017-02-18

ताप्लेजुङ:दोस्रो राष्ट्रिय पाथीभरा भलिबल प्रतियोगिताको उपाधि नेपाल पूलिस क्लबले जितेको छ । राउण्ड रोविनको आधारमा खेलाइएको प्रतियोगितामा नेपाल पूलिसले ११ अंकका साथ उपाधि चुमेको हो । त्यस्तै १० अंक सहित त्रिभुवन आर्मी क्लबले उपविजेतामा चित्त बुझाएको छ ।

झापा गोल्डकपः उपाधि यात्रामा मनाङको ह्याट्रिक - 2017-02-06

झापा:पछिल्लो सिजनमा जारी फूटवल प्रतियोगितामा मनाङ मस्र्याङ्दीले उपाधि यात्रामा ह्याट्रिक गरेको छ । सोमवार झापामा जारी रमपम झापा गोल्डकप जितेसँगै मनाङले उपाधि यात्रामा ह्याट्रिक पूरा गरेको हो । २ माघमा सुदूरपश्चिमको धनगढीमा सम्पन्न खप्तड गोल्डकपको उपाधि जितेको मनाङले पोखरामा भएको आहा–रारा गोल्डकपको पनि उपाधि जितेको थियो ।

इङ्ल्यान्डका कप्तान र खेलाडीलाई जरिवाना - 2017-01-21

भारतविरूद्ध दोस्रो एकदिवसीयमा ढिलो बलिङ गरेको आरोपमा इङ्लिस क्रिकेट खेलाडीको पारिश्रमिकबाट १० प्रतिशत रकम काटिने भएको छ। जसमा कप्तान इयान मोर्गनको भने २० प्रतिशत पारिश्रमिक काटिने अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले शुक्रबार जनाएको छ। मोर्गनको कप्तानीमा रहेको इङ्ल्यान्डको एकदिवसीय टिमले निर्धारित समयभन्दा एक ओभर ढिलो बलिङ गरेको फेला परेको थियो।

'२२ ग्रान्ड स्लाम' जितेपछि सेरेनाले भेटिन् बेहुला - 2017-01-07

अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले अन्ततः आफ्नो जीवनसाथी भेटेकी छिन्। केटाहरुको विषयलाई लिएर चर्चामा आइरहने ३५ वर्षीय सेरेनाले आफूभन्दा २ वर्ष कान्छो एलेक्सिस ओहानजनसँग ‘इङ्गेजमेन्ट’ गरेकी छिन्। बिहीबार आफू बैवाहिक बन्धनमा बाधिन लागेको समाचार सार्वजनिक गर्ने क्रममा सेरेनाले ३३ वर्षीय एलेक्सिससँगको तस्बिर सार्वजनिक गरेकी थिइन्।

नेइमारले पिकेको कान पड्काए - 2017-01-07

ब्राजिलका स्टार स्ट्राइकर नेइमार आफ्नो ठट्यौली व्यवहारका कारण साथीहरू माझ चर्चित छन्। उनी विश्व चर्चित स्ट्राइकर लिओनल मेसीसँग मात्र होइन, जोसँग पनि ठट्टा गर्न उस्ताद मानिन्छन्। अझ, बार्सिलोनाको टिममा को, कतिबेला नेइमारको ठट्टाको पात्र बन्ने हुन्? कसैलाई थाहा हुदैन। यसको पछिल्लो उदाहरण बनेका छन् डिफेन्डर गेरार्ड पिके।

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट औपचारिक रुपमा सुरु - 2016-12-23

नवराज दाहाल, विराटनगर:सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट औपचारिक रुपमा सुरु भएको छ । विराटनगरको स्थानिय सहिद रंगशालामा अपरान्ह राष्ट्रपति विद्यादेबी भण्डारीले प्रतियोगिता सुरु भएको घोषणा गर्नुभयो ।

नेपाललाई जित्न भारतले सबैभन्दा बढी ओभर खेल्नु पर्यो - 2016-12-16

भारतलाई जीतका लागि १ सय ७३ रनको लक्ष्य दिएको नेपाल युथ–१९ एसिया कपको दोस्रो खेलमा ६ विकेटले पराजित भएको छ। श्रीलंकासँग विहिबार मात्र १ रनले पराजित भएको नेपाल उच्च मनोवलका साथ श्रीलंकास्थित राजधानी कोलम्बोको क्रिकेट मैदानमा उत्रिएको थियो।

लापरबाही गर्ने एन्फासँग थ्रीस्टारले माग्यो ६ करोड क्षतिपूर्ति - 2016-12-13

काठमाडौ,(प्रस): अखिल नेपाल फुटबल संघको लापरवाहीका कारण ठुलो क्षति व्यहोर्नु परेको भन्दै थ्री स्टार क्लबले एन्फासंग ६ करोड रुपैया क्षतिपूर्ति माग गरेको छ ।

विमान दुर्घटनामा मर्ने खेलाडीको नाम सार्वजनिक - 2016-12-01

साओ पाउलो, एजेन्सी:विमान दुर्घटनामा निधन भएका ब्राजिलियन क्लबका खेलाडीहरूको नाम सार्वजनिक भएको छ। मंगलबार कोलम्बियाको दोस्रो ठूलो शहर मेडलिनको विमानस्थलभन्दा २० किलोमिटर अगाडि दुर्घटनाग्रस्त भएको विमानमा ब्राजिलको ‘ए’ डिभिजन क्लब चापाकोइन्सेका २२ खेलाडी यात्रा गरिरहेका थिए।










Powered by: Exclusively Solution