प्रदेस संवाददाता, काठमाडौं
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरूमा पनि निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका छन्। लामो समयको छलफलपछि शुक्रबार बसेको सचिवालय बैठकले महत्वपूर्ण निर्णय लिएको उल्लेख गरे ।
झापा,(प्रस) सोमबार बिहान झापा जिल्लाको विर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट भएको छ। नगरपालिकाको गरामनीमा रहेको ७,८ र ९ नम्बर वडाको संयूक्त वडा कार्यालयमा बम विस्फोट भएको हो।

राजनीति

उपलब्धिको रक्षा र समृद्धिका लागि जुटनुपर्छ स् माधव नेपाल

काठमाडौ,(प्रस) कास्की: नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्राप्त उपलब्धिको रक्षा गर्दै समृद्ध नेपाल निर्माणमा सम्पूर्ण जुटनुपर्ने बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनको पोखरामा आज उद्घाटन गर्दै उनले परिवर्तन विरोधीहरु सक्रिय भइरहँदा परिवर्तनकारी शक्तिहरु सचेत हुनुपर्नेमा जोड दिए ।

संविधान संशोधनको सर्तमा दुई तिहाइ पुर्‍याउन सत्तामा गएका हौं : उपेन्द्र यादव

काठमाडौ,(प्रस) समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी संविधान संशोधन गर्ने सर्तमा दुई तिहाइ पुर्‍याइदिन सत्तामा गएको बताएका छन्। नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीचको जिल्ला एकता घोषणासभामा सहभागी हुन आज गोरखा आइपुगेका अध्यक्ष यादवले सदरमुकाममा पत्रकारसँगको भेटघाटमा सो कुरा बताएका हुन्।

कांग्रेस र कम्युनिस्ट पुराना पार्टी : अध्यक्ष भट्टराई

पोखरा,(प्रस) पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफ्नो पार्टी हात्ती छाप चप्पल नभइ हात्ती भएको बताएका छन् । समाजवादी पार्टी गण्डकी प्रदेशले शुक्रबार पोखरामा गरेको पार्टी समायोजन तथा सपथ ग्रहण कार्यक्रममा उनले समाजवादी पार्टी अरु परम्परागत पार्टीकै स्थितिमा ‘थप’ हुन नआएको दाबी गरेका हुन् ।

सामाजिक संजाल

  • सरकारी सेवामा काम गर्ने हाकिमहरु तब सम्म सेलिब्रेटी रहिरहन्छ जब सम्म आफुले गर्नु पर्ने कोर कामहरु बाहेक अरु सबै काम धुमधामका साथ् गरिरहन्छ- Krishna H Pushkar
  • नेपालको ड‍ोल्पा ,रुसको साईबेरीया र अरबको मरुभूमीमा समेत भएको बेमौसमी बर्षालाई हेर्दा मानव निर्मित वातावरणीय असन्तुलनलाई नै मुल काण मान्नुपर्ने हुन्छ।-Shanti Man Karki
  • बरिष्ठ मानवअधिकारवादी तथा बामपन्थि आन्दोलनका अगुवा पद्मरत्न तुलाधर प्रति भावपूर्ण श्रद्धाञ्जली । -Ganga Dahal
  • सायद पञ्चायतकाे अन्तिम चुनाव थियोे , पद्मरत्न तुलाधर चुनावी सम्बाेधनकालागि धापासि अाउनु भएकाे थियाे । उहाकाे भाषण चर्चित थियाे । -Ramesh Bista

    समाज

  • प्रधानमन्त्री फेरि सिंगापुर जाने

    काठमाडौ,(प्रस) बिहीबार साँझ निकै चर्चा भयो। केही मिडियामा उनी साह्रै बिरामी परेको र फेरि सिंगापुर जान लागेको समाचार आए ।
  • आजबाट गाईजात्रा सुरु

    काठमाडौ,(प्रस) भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
  • प्रधानमन्त्री ओली स्वदेश फिर्ता

    काठमाडौ,(प्रस) प्रधानमन्त्री केपी ओली स्वास्थ्य परीक्षण गरी सोमबार स्वदेश फर्किनुभएको छ । प्रधानमन्त्री सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणपछि स्वदेश फर्किनुभएको हाे ।

सिन्धुलीको कमलामाई नगरपालिकाले नगरभित्रका अभिभावकविहीन असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै । फोटो: प्रदेशखवरसिन्धुलीको कमलामाई नगरपालिकाले नगरभित्रका अभिभावकविहीन असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै । फोटो: प्रदेशखवर

    जापान समाचार

  • केयरगिभरका लागि ५ जना स्टाफ नर्स जापान उडे

    काठमाडौ,(प्रस) काठमाडौं ओभरसिजले पाँच जना महिलालाई पहिलो पटक केयरगिभरको कामका लागि जापान पठाएको छ । जापानमा वृद्धवृद्धाहरुको हेरचाहको लागि धेरै केयरगिभरहरुको आवश्यकता भएकोले काठमाडौं ओभरसिजले औपचारिक रुपमा जापान पठाउन शुरु गरेको हो ।
  • जापान जाने कामदारका लागि कात्तिकमा भाषा र सीप परीक्षा

    काठमाडौ,(प्रस) जापान जाने नेपाली कामदारका लागि कात्तिक ११ र १२ मा भाषा परीक्षा हुने भएको छ । जापान सरकारसँग भएको सम्झौताअुनसार पहिलो चरणमा 'कियर गिभर'का लागि लौजान भाषा परीक्षाको तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । भाषा परीक्षाणमा उत्तिर्ण भएकाहरुका लागि कात्तिक २१ र २२ मा सिप परिक्षण गर्ने मन्त्रालयले तयारी गरेको छ ।









अर्थ / व्यापार

  • सुन तोलाको ७० हजार

    काठमाडौ,(प्रस)बिहीबार सुनको भाउ पुनः ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ५ सय बढेर ७० हजार रुपैयाँ पुगेको हो ।

  • २० बर्षदेखि बिग्रिएको बासुलिङ सुगर मिलको ऋण पुनर्संरचना साउनभित्रै

    काठमाडौ,(प्रस)लामो समयदेखि खराब अबस्थामा रहेको बासुलिङ सुगर एण्ड जनरल इन्डष्ट्रिज कम्पनीको ऋण पुनर्संरचना हुने भएको छ। कृषि विकास बैंकको नेतृत्वमा राष्ट्रिय बाणिज्य बैंक (गाभिएको एनआइडिसीसमेत), नेपाल बैंक र कर्मचारी सञ्चय कोषले कम्पनीलाई ऋण दिएका थिए। उनीहरुले साउनभित्रै यो ऋणलाई पुनर्संरचना गरी नियमित ब्याज र किस्ता बुझाउने सक्ने बनाउन लागेका हुन्।
  • ८ नेपाली विमानस्थल चीनका लागि खुला

    काठमाडौ,(प्रस)नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ । चीनको बेइजिङमा बिहीबार र शुक्रबार भएको द्विपक्षीय वार्तापछि सम्झौता पुनरावलोकन भएको हो ।

खेलकुद

  • नेपालको सिंगापुरसँग लज्जास्पद हार

    एजेन्सी : सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी-२० विश्वकप खेल्ने सपना अधुरै रहृयो । आइतबार भएको खेलमा नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै सिंगापुर एसिया फाइनलको उपाधि मात्र जितेन, विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ ।
  • नेपालले कुवेतलाई हरायो

    काठमाडौ,(प्रस) टी-२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेट सहज जित हात पारेको छ । अब विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाल एक जित टाढा छ । आइतबार आयोजक सिंगापुरलाई हराए नेपाल एसिया फाइनलको शीर्ष स्थानमा रहनेछ र ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ ।

अनौठो संसार

  • सगरमाथामा हस्तमैथुन गरेको तस्वीर ११ वर्ष पुरानो !

    काठमाडौ,(प्रस): सामाजिक सञ्जाल र केही सन्चारमाध्यममा सगरमाथा शिखरमा सन् २०१९ को यही सिजनमा एक विदेशी युवकले ‘हस्तमैथुन गरेर विश्व रेकर्ड कायम’ गरेको भनी भाइरल बनाइएको तस्वीर ११ वर्षअघि खिचिएको खुलेको छ । पर्यटन विभागले सो तस्वीरको आधिकारिकता बुझ्ने क्रममा सन् २००८ मा खिचिएको पाइएको हो । विभागकी निर्देशक मिरा आचार्यले सो तस्वीरलाई अहिले भाइरल बनाउन खोजिएको भन्दै यसबारेमा प्रेस विज्ञप्ति जारी गर्न लागिएको बताइन् ।
  • यौन पेशा परिवर्तन गर्न चाहन्छन् वादी महिला

    यौन पेशालाई प्रतिस्थापन गर्न नसकेको प्रदेशसभा सदस्य उमादेवी वादीको भनाइ नेपालको कानूनले यौन पेशालाई गैरकानूनी व्यवसाय मानेको छ । त्यही भएर यौन पेशामा लाग्ने पुरुष तथा महिलाहरु लुकी लुकी यौन व्यवसाय सञ्चालन गर्दै आएका छन् । देशका प्रमुख शहरहरु काठमाडौं, भक्तपुर, ललितपुर, बुटवल, पोखरा, धरान, नेपालगञ्ज, धनगढी, विराटनगर लगायतका होटल तथा लजहरुमा यौन धन्दा लुकिछिपी रुपमा वर्षौदेखि सञ्चालन हँदै आएको पटकपटक समाचारहरुमार्फत बाहिरिएको छ ।

वैदेशिक रोजगार

  • अवैधानिक कामदारका लागि मलेसियामा आममाफी

    काठमाडौ,(प्रस) मलेसिया सरकारले अवैधानिक रुपमा काम गरिरहेका आप्रवासी कामदारहरुलाई आममाफी दिने भएको छ । अवैधानिक रुपमा मलेसियामा रहँदा पक्राउ परि जेल जीवन भोगिरहेका आप्रवासी कामदारहरुलाई लक्षित गरी सो कार्यक्रम ल्याइएको मलेसिया सरकारले जनाएको छ । उक्त कार्यक्रम १ अगष्ट २०१९ देखि ३१ डिसेम्बरसम्म रहनेछ । आममाफी कार्यक्रममार्फत ५ महिनासम्म अवैध रुपमा मलेसियामा रहेका आप्रवासी कामदारहरु आ–आफ्नो देशमा फर्कन सक्नेछन् ।
  • केन्याको डान्स बारबाट उद्धार गरिएका १२ युवती काठमाडौं ल्याइयो

    काठमाडौ,(प्रस): केन्याको डान्स बारबाट उद्दार गरिएका १२ जना नेपाली युवतीलाई काठमाडौं ल्याइएको छ । बिहीबार साँझ केन्याबाट उनीहरुलाई हवाई मार्ग हुँदै नेपाल ल्याइएको हो । नेपाल प्रहरीको मानव बेचविखनविरुद्ध काम गर्ने ब्युरो स्रोतका अनुसार केन्या प्रहरीले चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेका थिए । त्यहाँबाट अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले उनीहरुलाई नेपाल ल्याएको थियो ।

विचार

  • पुष्पलालको प्रण र हाम्रो बर्तमान

    लोककृष्ण भटराइ: नेपाली जनताका महान नेता चर्चित लोकतान्त्रिक विचारक, प्रगतिशीलता र कम्युनिष्ट आन्दोलन र विचारका संस्थापक नेता पुष्पलालको जन्म रामेछाप जिल्लाको भँगेरी गाउँमा वि.संं.१९८१ आषाढ १५ गते भएको थियो । यिनी त्यसबेलाका राणाशासन गौँडा हाकिम भक्तलाल श्रेष्ठका छोरा थिए । यिनको बाल्यकाल रामेछाप, ओखलढुङ्गा र सिन्धुपलाञ्चोकमा यिनका बुवाको जागिरको सिलसिलामा सरूवा हुँदा बितेको थियो ।
  • नेपाल द्वन्द्वतिर फस्ने खतरा

    वीरेन्द्र शाह; जनयुद्धका उपलब्धिहरू संस्थागत नहुँदै र शान्तिप्रक्रियाका सबै कार्यभार नटुङ्गिँदै मुलुक फेरि किन अर्को द्वन्द्वतिर अगाडि बढ्यो ? वर्तमान नेपालको समग्र चित्र हेर्दा आम सर्वसाधारणहरूमा असन्तुष्टिहरू बढ्दै गैरहेका छन् । नेपाली जनताले संविधानको निर्माणपछि जुन अपेक्षा गरेका थिए त्यसको ठीक विपरीत देशको राजनीति अगाडि बढिरहेको छ

मनोरञ्जन

  • हिन्दी फिल्ममा नेपाललाई आतंकवादी र तस्करहरूको मुख्य थलोका रूपमा प्रस्तुत

    काठमाडौ,(प्रस)भारतीय राष्ट्रवादको गुणगान गाउन अरू देश, खासगरी छिमेकीलाई होच्याउने काम गर्छ। नकारात्मक रूपमा चित्रण गर्छ। बलिउडको यो धारबाट सबभन्दा बढी पाकिस्तान र सँगसँगै नेपाल प्रभावित हुन थालेको छ। पाकिस्तान र भारतको मतभेद हामीलाई थाहै छ। हामी यहाँ 'रअ' एजेन्टलाई नायक बनाइएका बलिउडका तीन फिल्मबारे चर्चा गर्दैछौं, जसमा नेपाललाई आतंकवादी र तस्करहरूको मुख्य थलोका रूपमा प्रस्तुत गरिएको छ।

    नेपालमा विदेशी फिल्म सुटिङ गर्न चलचित्र विकास बोर्डबाट स्क्रिप्ट पारित गराउनुपर्छ कि पर्दैन? गराउनुपर्ने हो भने यो फिल्मले यहाँ सुटिङ अनुमति कसरी पायो?
  • पूर्व प्रेमीप्रेमिकाको सिनेमा जुँध्ने

    एजेन्सी : कंगना रनौत र ऋतिक रोशनको मिडिया झगडाले राम्रै चर्चा बटुल्ने गर्छ। मिडियामा ऋतिकको कुरामा कंगनाले राम्रोसँग आलोचना गर्नेगर्छिन्। उनले यस्तैमा अब यी दुबै अभिनित सिनेमा जुँध्ने भएको छ। एकै मितिमा दुई सिनेमा रिलिजको अर्थ दुबै सिनेमालाई घाटा भएपनि कंगना स्टारर ‘मेन्टल है क्या’ र ऋतिक स्टारर ‘सुपर ३०’ एकै मितिमा लाग्ने पक्का भएको छ।
  • पछिल्लो ट्रेलरमा यस्तो देखियो 'क्याप्टेन मार्भल'

    एजेन्सी : हलिउड सुपरहिरो सिनेमा 'क्याप्टेन मार्भल'को दोश्रो ट्रेलर रिलिज भएको छ। सार्वजनिक दोस्रो ट्रेलरले दर्शकहरूलाई थप व्यग्र बनाउने अनुमान गरिएको छ। सार्वजनिक ट्रेलरमा ओस्कार विजेता अभिनेत्री ब्राई लार्सनलाई रोमाञ्चक इकसन अवतारमा पेस गरिएको छ। उनी सिनेमाकी शीर्ष सुपरहिरो हुन्।

ENGLISH

  • Sri Lanka expels 200 Islamic clerics after Easter attacks

    Dailymirror: Sri Lanka has expelled over 600 foreign nationals, including around 200 Islamic clerics, since the Easter suicide bombings blamed on a local jihadi group, a minister told AFP Sunday. Home Affairs Minister Vajira Abeywardena said the clerics had entered the country legally, but amid a security crackdown after the attacks were found to have overstayed their visas, for which fines were imposed and they were expelled from the island.
  • Sri Lanka Easter attack toll hits 290

    Agency: At least 290 are now known to have died in a series of bomb blasts that tore through churches and luxury hotels in Sri Lanka, in the worst violence to hit the island since its devastating civil war ended a decade ago. Eight apparently co-ordinated explosions targeted Easter worshippers and high end hotels popular with international guests.


Powered by: Exclusively Solution